अखिल नेपाल फुटबल संघ (एन्फा) का तीन उपाध्यक्षसहितका कार्यसमिति सदस्यहरूले अध्यक्ष पंकजविक्रम नेम्वाङले बलपूर्वक एजेन्डा बढाएको भन्दै विरोध गरेका छन् । उनीहरूले पहिलेदेखि नै महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीको माग राख्दै आएका थिए ।