केन्द्रीय कमिटी बैठक कक्षबाट निस्किए भीम रावल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावल शुक्रबारबाट जारी केन्द्रीय कमिटीको बैठक कक्षबाट बाहिरिएका छन्। १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओलीले आनाकानी गरेपछि उपाध्यक्ष रावल असन्तुष्ट छन्। अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्टलाई तोकेपछि रावल असन्तुष्ट छन्। रावलको असन्तुष्टि समाधान गर्नका लागि केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो। तर, उपाध्यक्ष रावलले कुनै प्रतिक्रिया नजनाएको उनीनिकट स्रोतले बतायो। अहिले केन्द्रीय कमिटीको बैठक ज

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। आजको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि आजै निष्कर्ष सुनाइने छ। एमाले केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको थियो।

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

चितवन । नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक स्थगित भएको छ । बिहीबार चितवनको सौराहामा बस्ने गरी तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो । एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले आजका लागि तय बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको रातोपाटीलाई जानकारी दिए । बिहीबार बेलुका सौराहामा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । अब स्थगित बैठक शुक्रबार बेलुका अथवा शनिबार आवश्यकताअनुसार बस्नेछ । उनले भने । नेताहरूबीच भोलि वा पर्सी कहिले बस्ने भन्नेबा

एमाले केन्द्रीय कमिटी बैठक सुरु, बामदेव गौतमको राजीनामा अस्वीकृत

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । विधान महाधिवेशनको विषयमा छलफल गर्न एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरु

५ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा शुरु भएको छ । नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीको यो पहिलो केन्द्रीय कमिटी बैठक हो । यसअघि ८ भदौमा पनि केन्द्रीय कमिटी बैठक बसेको थियो । तर त्यसबेला एकीकृत समाजवादीले वैधानिकता पाएको थिएन । बुद्धनगरस्थित क्वालिटी ब्वांक्वेटमा शुरु भएको बैठकमा पार्टी गतिविधिको […]

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

२ साउन, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । सोमबार बिहान एघार बजे केन्द्रीय कमिटी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बस्ने उनले बताए । त्यसअघि आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ । शुक्रबार पनि अध्यक्ष केपी शर्मा ओलीले […]