काठमाडौ : विवेकशील साझा पार्टी नेता मिलन पाण्डेले पूर्वअध्यक्ष रविन्द्र मिश्रले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन्। अध्यक्षबाट राजीनामा दिएर बसेका मिश्रले फेरि आफ्नै नेतृत्वमा पार्टी गठन गर्ने गृहकार्य थालेपछि नेता पाण्डेले असन्तुष्टि व्यक्त गरेका हुन्। उनले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छ, ‘विवेकशील साझा पार्टीमा विचार भन्दा माथि देश दस्ताबेज आए लगत्तै उक्त दस्ताबेज संविधान विरोधी, वैकल्पिक राजनीतिको मर्म विरोधी, युवा तथा परिवर्तन विरोधी र समग्रमा राष्ट्र विरोधी