जेठ ९ , काठमाडौं । नेप्से परिसूचकले हालसम्मकै ऐतिहासिक रेकर्ड राखेको छ ।
साताको पहिलो कारोबार दिन नेप्से परिसूचकले २ हजार ८२० मा पुगेर कीर्तिमानी उचाइ कामय गरेको हो ।
संसद विघटन भएपछि शेयर बजार घट्ने वा बढ्ने भन्ने आकलन गरिएकै बेला नेप्से परिसूचक भने बढेको हो ।यो दिन २२० ओटा कम्पनीको शेयर खरीदविक्री हुँदा कारोबार रकम ११ अर्ब ६९ करोड ५० लाखभन्दा बढी भएको छ ।