सरकारकै कारण भैँसे–भीमफेदी सडक निर्माण सुस्त, मुआब्जाको विवाद अझै मिलेन

बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँ जोड्ने छोटो मार्गका रुपमा रहेको हेटौँडा–भीमफेदी–काठमाडौँ सडक अन्तर्गत भैँसे–भीमफेदी खण्डको स्तरोन्नति सम्पन्न गर्ने समयावधि ३ महिनामात्र बाँकी छ । सरकारले मुआब्जा विवाद सुल्झाउन नसक्दा सडक स्तरोन्नति समयमै सम्पन्न हुन नसक्ने देखिएको छ ।समयमै सडकखण्डको निर्माण कार्य नहुँदा हेटौँडाबाट काठमाडौँ जोड्ने २ वटा सडक प्रयोगकर्ताको यात्रा कष्टकर बनेको छ । सडक स्तरोन्नतिमा ढिलाइ हुँदा हेटौँडाबाट भैँसे, भीमफेदी, कुलेखानी, फाखेल हुँदै