काबुल विमानस्थलबाहिर विष्फोट !

काठमाण्डाै – अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत अझै हजारौँको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको अमेरिकी सेनाले बिहीवार पुष्टि गरेको छ । अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौँ मानिसको दैनिक उद्धार गरिरहेका समय विमानस्थल छोड्न तालिबान समूहले चेतावनी दिएको बताइएको छ । विमानस्थलमा एसियाली देशका नागरिकहरू पनि उद्धारको पर्खाइमा रहेका हुन सक्ने अनुमान गरिएको छ ।पेन्टागनका प्रवक्ता जोन कर्बीले भन्नुभयो, ‘काबुल विमानस्थलबाहिर ठूलो विस्...

सम्बन्धित सामग्री

काबुल विमानस्थल नजिक रकेट आक्रमण

अफगानिस्तानको काबुल विमानस्थल नजिकै सम्भाबित आक्रमणका लागि तयार पारिएको भ्यानलाई अमेरिकी ड्रोनले हिर्काएर निस्तेज पारेको छ । विमानस्थल नजिकैको घनाबस्तीमा शङ्कास्पद भ्यानलाई अमेरिकी ड्रोनले हिर्काउँदा विष्फोट भएपनि ठूलो क्षति हुनबाट जोगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकाको मध्य सैन्य कमाण्डले उक्त सबारी इस्लामिक स्टेटसँग सम्बन्धित रहेको जनाएको छ । मध्य सैन्य कमाण्डका प्रवक्ता बिल अर्बनले ड्रोनले हिर्काउँदा ठूलो आवाज आएकोले सबारीभित्र विष्फोटजन्य पदार्थ राखिएको बताउनुभएको छ ।

अफगानिस्तानबाट अष्ट्रेलियाको बर्हिगमन टुंगियो

अष्ट्रेलियाको अफगानिस्तान बर्हिगमन मिसन टुंगिएको छ । अधिकारीहरुले काबुल विमानस्थल बाहिर आत्मघाती विष्फोट हुनुभन्दा अघि नै अष्ट्रेलियाको बर्हिगमन टुंगिएको बताएका छन् । अष्ट्रेलियाली रक्षा मन्त्री पिटर डट्टनले बिहीबार आत्मघाती आक्रमण हुँदा अष्ट्रेलियाली सेना पूर्णरुपमा फर्किसकेको बताउनुभएको छ । विष्फोटमा कम्तिमा १३ जना अमेरिकी सेनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमहरुले भने विष्फोटमा कुनै अष्ट्रेलियाली नागरिक वा अष्ट्रेलियाको भिसा लिएका ब्यक्ति घाइते भएको सम्बन्धमा यकीन भइनसकेको जनाएको छ ।

काबुल विमानस्थल विष्फोट (अपडेट) : मृत्यु हुनेको संख्या सय नाघ्यो

एजेन्सी, ११ भदौ । अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको आतंकवादी हमलामा परेर मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो छ भने घाइतेको संख्या १५० भन्दा बढी पुगेको छ । बिहीबार अफगानी स्वास्थ्य मन्त्रालयले जनाकारी गराएको हो । काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा बिहीबार दुईवटा आत्मघाती बम विस्फोट भएको थियो । विस्फोटमा अमेरिकी सैनकसहित अहिलसम्म सय भन्दा […]

काबुल विमानस्थल बाहिर विष्फोट, मृत्यु हुनेको संख्या ६० पुग्यो

अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विष्फोट हुँदा  १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ । विष्फोटमा परेर १२० भन्दा बढी घाइते भएको जनाइएको छ ।  अमेरिकी नेतृत्वको पश्चिमी सेनाले...