म्याग्दी : जिल्लाको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने औषधीय गुण र स्वादले युक्त रातो च्याउ कोसेलीका रुपमा विदेशसम्म पुग्न थालेको छ।रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले रातो च्याउलाई कोसेलीका रुपमा लैजाने गरेका हुन्।मालिका गाउँपालिका २ रुमकी बेलकुमारी सुनारले अमेरिका,जापान बेलायत, हङकङ, लगायत देशमा रहेका आफन्तहरुलाई कोशेली पठाउन जंगली रातो च्याउ खरिद गर्न टाढाटाढाबाट मानिसहरु गाउँमा नै आउने गरेको