च्याउ विषालु छ/छैन भनेर कसरी थाहा पाउने ?

विषालु च्याउ खाएर बिरामी पर्ने घटना बढ्न थालेको छ । यो घटना सहर बजारमा भन्दा दुर्गम ठाउँहरुमा धेरै हुने गरेको छ । विषालु च्याउ खाएपछि बेलैमा उपचार नपाए बिरामीको ज्यान समेत जान सक्छ । कस्तो च्याउ विषालु हुन्छ ?प्रायःजसो जङ्गलमा पाइने च्याउ विषालु र हानिकारक हुन सक्छन् । नेपालमा पाइने साढे पाँच सय प्रजातिका जङ्गली च्याउमध्ये ५६ प्रजातिका च्याउ विषालु रहेको तथ्याङ्क छ । केही जङ्गली च्याउ खान मिल्ने पनि हुन्छन् । तर केही जङ्गली च्याउ विषाक्त प्रजातिका च्याउसँग मिल्दोजुल्दो हुन्छन् । विष भएका र नभएका जङ्गली च्याउ उस्तै देखिने भएकाले...