जितपुर सिमरामा गठबन्धनका उम्मेदवारको अग्रता

जितपुर सिमरा उपमहानगर गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेलले अग्रता लिएको छ । पौडेलले ५६९ मत,लोसपा सञ्जय साह ५६८ मत, एमाले सरस्वतीदेवी चौधरी २७७ मत ल्याएकी छिन् । यस्तै गठबन्धनबाट उपमेयरमा काँग्रेसकी मेघा शाह ६०२ मत, लोसपाका बिपी मोक्तान ५६६ मत र एमालेका भोलाप्रसाद अधिकारी २७५ मत ल्याएका छन्। अहिले १,२,२३ र २४ वडाको मत गणना भई रहेको छ।

सम्बन्धित सामग्री

जितपुर सिमराको मेयर–उपमेयरमा गठबन्धन अगाडि, पछ्याउँदै एमाले

बाराको जितपुर सिमरा उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेलले पौडेलले १८७६ मतका साथ अग्रता कायम राखेका छन् । यस्तै एमालेका सरस्वती देवी चौधरले  १६९० मतका साथ पौडेललाई पछ्याई राखेकी छिन् । उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सञ्जय साहले १०९२ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार मेघा शाहीले १८१७ मतका साथ अग्रता कायम राखेकी छिन् । उनलाई एमालेका उम्मेदवार भोला अधि

स्थानीय निर्वाचन : कुन उपमहानगरमा कसको अग्रता ?

वैशाख ३१, काठमाडौं  । मुलुकभरका ११ ओटा उपमहानगरमध्ये १० ओटा उपमहानगरमा मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार तुलसीपुर उपमहानगरपालिकाको १७ नम्बर वडामा निर्वाचन हुन बाँकी रहेको छ भने बाँकी १०  ओटा उपमहानगरमा मतगणना जारी छ। धनगढी, इटहरी र कलैया उपमहानगरमा भर्खरै मत गणना शुरु भएकाले नतिजा बाहिर आइसकेको छैन। नतिजा आएका सात ओटा उपमहानगरमा कतिपय स्थानमा नेकपा(एमाले)का उमेदवारले अग्रता लिएका छन् भने केहिमा गठबन्धनका उमेदवार अगाडि रहेका छन् ।  घोराही उपमहानगर  नेकपा(माओवादी केन्द्र) को अग्रता दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनको अग्रता रहेको छ। अहिलेसम्मको मतगणनामा गठबन्धन तर्फबाट प्रमुखमा नेकपा(माओवादी केन्द्र) का हेमराज शर्माले १७२ मत र नेकपा(एमाले) का नरुलाल चौधरीको १४५ मत प्राप्त गरेका छन्।  बुटवल उपमहानगरमा नेपाली काँग्रेसको अग्रता बुटवल उपमहानगरमा कुल १ हजार १०० मत गणना गर्दा गठबन्धनबाट प्रमुखमा नेपाली काँग्रेसका उमेदवारले अग्रता लिएका छन्। उक्त पार्टीका उम्मेदवार खेलराज पाण्डेले ४५५ मत ल्याएर अग्रता कायम राखेका छन्।  राप्रपाका मेयरका उम्मेदवार मृगेन्द्र शेरचनले २३६ मत र एमालेका बाबुराम भट्टराईले १७९ मत ल्याएका छन्। हेटौडामा नेकपा( एकीकृत समाजवादी) को अग्रता  हेटौंडा उपमहानगरमा कुल ९०४ मत गणना गर्दा नेकपा(एकीकृत समाजवादी)का उमेदवारले अग्रता लिएका छन्।  प्रमुखमा सो पार्टीकी मिनाकुमारी लामाले २८३ मत ल्याएकी छिन भने नेकपा(एमाले) बाट  अनन्त पौडेलले २७३ मत ल्याएका छन्।   नेपालगञ्जमा नेपाली काँग्रेसको अग्रता बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुखका उम्मेदवार प्रशान्त विष्टले प्रारम्भिक अग्रता लिएका छन् । १९८ मत गन्दा नगर प्रमुखका उम्मेदवार विष्टले ७९ मत, नेकपा(एमाले) का पशुपति दयाल मिश्रले २६ मत र राप्रपाका नन्दलाल वैश्यले ५ मत पाएका छन् ।  जनकपुरमा स्वतन्त्र उमेदवारको अग्रता जनकपुर उपमहानगरपालिकामा नेपाली काँग्रेसका बागी उमेदवार बनेका मनोज साहले अग्रता लिएका छन्। कुल ५०० मत गणना हुँदा साहले १७२ मत ल्याएका छन् भने नेकपा(एमाले) का शिवशङ्कर साहले ५७ मत ल्याएका छन्। गठबन्धनका उम्मेदवार जसपाका लालकिशोर साहले ३२ मत ल्याएका छन्। जितपुर सिमरामा नेकपा(माओवादी केन्द्र) को अग्रता  जितपुर सिमरा उपमहानगरमा गठबन्धनबाट   प्रमुख पदमा नेकपा(माओवादी केन्द्र) का राजन पौडेलले ५६९ मत प्राप्त गरेका छन् । त्यसैगरी लोसपा सञ्जय साहले ५६८ मत, नेकपा(एमाले) की सरस्वतीदेवी चौधरी २७७ मत ल्याएका छन् ।  धरानमा  नेपाली काँग्रेसको अग्रता  धरान उपमहानगरमा कुल २०० मत गणना हुँदा गठबन्धनबाट प्रमुखमा नेपाली काँग्रेसका किशोर राईले ७१ मत ल्याएका छन्। नेकपाा(एमाले) का मञ्जु भण्डारीले ३६ मत,स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ५८ मत ल्याएका छन्।