जितपुर सिमराको मेयर–उपमेयरमा गठबन्धन अगाडि, पछ्याउँदै एमाले

बाराको जितपुर सिमरा उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेलले पौडेलले १८७६ मतका साथ अग्रता कायम राखेका छन् । यस्तै एमालेका सरस्वती देवी चौधरले  १६९० मतका साथ पौडेललाई पछ्याई राखेकी छिन् । उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सञ्जय साहले १०९२ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार मेघा शाहीले १८१७ मतका साथ अग्रता कायम राखेकी छिन् । उनलाई एमालेका उम्मेदवार भोला अधि

सम्बन्धित सामग्री

काभ्रेका दुवै निर्वाचन क्षेत्रमा गठबन्धन अघिअघि पछ्याउँदै एमाले

काभ्रे जिल्लामा प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना भइरहेको छ। मतगणना अनुसार सत्तागठबन्धन अघिअघि र नेकपा एमाले गठबन्धनका उम्मेदवार पछिपछि देखिएका छन्।  प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका उम्मेदवार सूर्यमान दोङ (लालध्वज)...

दैलेख १ मा एमाले अघि समाजवादी पछिपछि

दैलेख :  दैलेख(१ मा एमालेका रविन्द्र राज शर्माले १ सय ५६ प्राप्त गरेका छन्। एमालेका शर्मालाई पछ्याउँदै गठबन्धन दल समाजवादीका अम्मर बहादुर थापा १ सय १५ प्राप्त गरेका छन्। राप्रपाका कुन्ती कुमारी शाहिले ७ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्।  नेपाल मजदुर किसान पाटीका प्रकाश गुरुङ ५ मत प्राप्त गरेका छन्।  स्वतन्त्र पाटीका ईन्द्र प्रशाद शर्माले १ मत प्राप्त गरेका छन्। विपि काँग्रेसका भुपाल बहादुर थापाले १ मत प्राप्त गरेका छन्।  हालसम्म तीन सय मत गणना भएको छ।

गठबन्धन अघिअघि, एमाले पछिपछि

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणनाको परिणाम धमाधम आइरहेको छ । कर्णालीका कतिपय पालिकाको नतिजा टुङ्गो लागिसकेको छ भने कतिपय ठाउँमा मतगणना जारी छ । मङ्गलबारसम्मको नतिजामा धेरैजसो पालिकामा काँग्रेसका प्रतिनिधिले विजय प्राप्त गरेका छन् । समग्रमा गठबन्धनका उम्मेदवारले विजयमा अग्रता लिएका छन् भने नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पछ्याउँदै गइरहेको देखिन्छ ।

भरतपुरमा विजय अग्रस्थानमै, पछ्याउँदै रेनु

चितवनको भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीको अग्रता कायमै छ ।  ९३७० मत भन्दा एमाले राप्रपाका साझा उम्मेदवार सुवेदीले ३ हजार ३२४ मतसहित अग्रता कायमै राखेका हुन् । सत्ता गठबन्धनको समर्थित माओवादी केन्द्रकी रेनु दाहाल ३ हजार ३०६ मतका साथ सुवेदीलाई पछ्याई राखेको अवस्था छ । यस्तै गठबन्धनको बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११८७ मत पाएका छन् ।उपमेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ३६८८ मत पाएका छन् भने एमाले राप्रपाबाट राप

पश्चिम रुकुमको चौरजहारीमा माओवादीलाई पछ्याउँदै काँग्रेस

पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले पछ्याइ रहेको छ। माओवादीबाट मेयरमा पुष्प वादीले १५३१ मत ल्याउँदा काँग्रेसका प्रेमबहादुर ओलीले १४८३ मत ल्याएर पछ्याई रहेका छन्। माओवादीका वादी र काँग्रेसका ओलीको मत अन्तर जम्मा ४८ मत मात्रै छ। एमाले र काँग्रेस एक ढिक्का भई लडेकाले चौरजहारीमा माओवादीले फराकिलो मत अन्तर बनाउन सकेको छैन्। चौरजहारीमा काँग्रेस र एमाले गठबन्धन छ। यस्तै माओवादीकी ईश्वरी शर्मा विएमले १५७९ मत ल्याउँदा एमालेका टंकबहादुर ओलीले १२८८ मत ल्याएका छन्। एमालेका ओली र

विदुरमा गठबन्धन अगाडि, एमाले पछ्याउँदै

यस्तै, उपमेयरमा भने नेकपा एमालेकी अम्बिका नेपाल अगाडि हुनुहुन्छ । उहाँले ६ सय १८ मत ल्याउँदा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की प्रभा बोगटीले ५ सय ६६ मत ल्याउनुभयो ।

हेटौंडा उपमहानगरपालिका : ९ सय ४ मत गन्दा गठबन्धनलाई पछ्याउँदै एमाले

मकवानपुर – हेटौंडा उपमहानगरपालिकामा ९०४ मत गन्दा १० मतले गठबन्धनकी उम्मेदवार मिना लामाकाे अग्रता रहेकाे छ । उहाँलाई एमालेका अनन्त पौडेलले पछ्याइ रहनुभएकाे छ । मेयरमा गठबन्धन र एमालेका बीचमा तिव्र प्रतिस्पर्धा भएको छ । मेयरमा गठबन्धनबाट मीना कुमारी लामाको २८३ मत प्राप्त गर्दा एमालेका अनन्त पौडेलले २७३ प्राप्त गर्नुभएकाे छ । यसैगरी राप्रपाका दिपक बहादुर सिंहकाे पक्षमा अहिलेसम्म १९८ मत खसेकाे छ । उपमेयर तर्फ गठबन्धनका उम्मेदवार राजेश बानियाँले ४१८, एमालेका सुमित्रा काफ्लेले ३१९ मत र राप्रपाका इ...

घोडाघोडीमा गठबन्धन अगाडि, पछ्याउँदै एमाले

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा प्रमुख र उपप्रमुख दुबैमा गठबन्धनले अग्रता कायमै राखेकाे छ । पाँच सय मत गणना हुँदा प्रमुखमा गठबन्धनबाट एकीकृत समाजवादीका खडक रावतले १८८ मत पाएका छन् । उनलाई एमालेका उम्मेदवार ममताप्रसाद चौधरीले पछ्याइरहेका छन् । ममताप्रसादले १२५ मत पाएका छन् । राप्रपाका नीरज मल्लले ६९ मत पाएका छन् । उपप्रमुखमा गठबन्धनबाट […]

चितवनका दुई तहमा एमाले अगाडि, तीन वटामा गठबन्धनलाई पछ्याउँदै

चितवन । चितवनका पाँचवटा स्थानीय तहको मतगणना भइरहेको छ । प्रारम्भिक परिणामअनुसार  दुई तहमा एमाले अगाडि छ भने तीनवटामा गठबन्धनका मेयर उम्मेदवार अगाडि छन् । यस्तो छ प्रारम्भिक परिणम– राप्ती नगरपालिला एमाले– २७४ गठबन्धन– २०० खैरहनी नगरपालिका गठबन्धन– ९३ एमाले– ५९ कालिका नगरपालिका एमाले– ११९ गठबन्धन– १२१ माडी नगरपालिका गठबन्धन– १७९ एमाले– १६३ ईच्छाकामना गाउँपालिका […]