अखिल नेपाल फुटबल संघ (एन्फा)मा अहिले दुुई धार छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ पक्ष खुलेर एक अर्काको विपक्षमा उभिन्छन् । अध्यक्षले थालेका कामको विपक्षमा उपाध्यक्ष उभिने, उपाध्यक्षका कुरालाई अध्यक्षले नजरअन्दाज गर्नेमात्र होइन, नीति निर्माणको कुरामा यी दुवै एक अर्काको विपक्षमा उभिने गरेका छन् ।पछिल्लो समय फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादका विषयमा पनि एन्फाको भूमिका प्रभावकारी हुन सकेको छैन । उसो त प्रशिक्षक अल्मुताइरीको विषयमा क