तालिबानको उदयले चीनलाई प्राप्त अवसर र खतरा

शारा झेङ/किन्लन लोअमेरिकाले अफगान सरकारको समर्थनमा दुई दशकसम्म महँगो र रक्तपातपूर्ण प्रयास गरे पनि अन्ततः तालिबानले अप्रत्यासितरूपमा काबुल फेरि कब्जा गर्‍यो । यसले छिमेकी चीनसामु नयाँ अवसर र नयाँ जोखिम पेस गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनिङले सोमबार भनेकी छिन्, ‘चीनले अफगानी जनताको रोजाई र कामनाको सम्मान गर्छ ।’ उनले तालिबानको घोषणाले अफगानिस्तानलाई खुला, समावेशी इस्लामिक सरकारमा रूपान्तरण गर्ने आशा व्यक्त गरिन्, साथै अफगानी जनता र विदेशी मिसनमा रहेक

सम्बन्धित सामग्री

तलब वृद्धिले वैदेशिक रोजगारी गुम्ने खतरा

राजदूतको सिफारिशमा नेपाल सरकारले मात्र एकतर्फी तलब वृद्धि गर्दा वैदैशिक रोजगारीमा जाने कामदार तथा व्यवसायी दुवै मर्कामा पर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कमल तामाङले बताएका छन् । उनले भने, ‘सरकारले सम्बन्धित देशको सरकार तथा रोजगारदातासँग समन्वय नगरी साउदीको रोजगारीमा जाने कामदारको तलब निर्धारण गरेको छ, आफूखुशी तलब निर्धारण गर्दा हाल नेपाली कामदारले पाइरहेको साउदीको रोजगारी गुम्ने खतरा बढेको छ ।’ वैदेशिक रोजगारीमा जाने कामदारको तलब निर्धारण गर्दा सम्बन्धित देशको सरकारसँग समन्वय गर्नुपर्ने तामाङको भनाइ छ । ‘नेपाल वैदैशिक रोजगार व्यवसायी संघले पनि रोजगारीमा जाने कामदारको तलब बढाउनुपर्ने आवाज उठाउँदै आएको छ,’ उनले भने, ‘तर, सम्बन्धित देशको सरकारसँग समन्वय नगरी नेपाल सरकारले मात्र तलब वृद्धि गर्दा उनीहरूले नेपाली कामदार नलैजाने अवस्था आउन सक्छ ।’ पछिल्लो समय साउदीबाट फ्री भिसा, फ्री टिकटका कामदारको मागमात्र आइरहेको छ । नेपाल सरकारले साउदी सरकारसँग समन्वय नगरी एकलौटी रूपमा तलब वृद्धि गरेर वैदैशिक रोजगारी नै धरापमा पार्ने काम गरेको व्यवसायीहरूको आरोप छ । पछिल्लो समय संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपाली राजदूतले पनि नेपाली कामदारको तलब बढाउन नेपाल सरकारलाई पत्राचार गरेका छन् । सरकारले यूएईका लागि तलब बढाउने हो भने नेपालीका लागि वैदेशिक रोजगारीको ठूलो अवसर गुम्ने तामाङले बताए । वर्ष ६, अंक २३६, बिहीवार, २८ वैशाख, २०६९

अन्तरराष्ट्रिय व्यापारमा ‘डिग्लोबलाइजेशन’को खतरा

काठमाडौं। पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. विजुकुमार थपलियाले अन्तरराष्ट्रिय व्यापारमा ‘डिग्लोबलाइजेशन’को खतरा देखिएको टिप्पणी गरेका छन् । विश्व व्यापार संगठन (डब्लूटीओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौं विश्वविद्यालयको आयोजनामा सम्पन्न ‘डब्लूसीपी नेपाल–एआईबी साउथ एशिया कन्फ्रेन्स २०२४’ नामको सम्मेलनमा उनले उक्त टिप्पणी गरेका हुन् । अन्तरराष्ट्रिय व्यापारमा मुलुकहरूबीचको अन्तरसम्बन्धमा कमजोरी रहेको र यसबाट डिग्लोबलाइजेशनको खतरा बढेको डा. थपलियाले बताए ।  आइतवार काठमाडौंमा शुरू भएको दक्षिण एशियाको व्यापारसम्बन्धी दुईदिने उक्त अन्तरराष्ट्रिय सम्मेलन सोमवार सम्पन्न भएको छ । सम्मेलनको दोस्रो दिन ‘अन्तरराष्ट्रिय व्यापारमा सिद्धान्त र अभ्यास : उदीयमान परिदृश्य’ शीर्षकमा छलफल भएको थियो ।  छलफलका अर्का वक्ता एकेडेमी अफ इन्टरनेसनल बिजनेस (एआईबी)’का पूर्वअध्यक्ष एवं युनिभर्सिटी अफ साउथ क्यारोलिनाका प्राध्यापक चक ककले अन्तरराष्ट्रिय व्यापारमा एआईबीले व्यापार विज्ञलाई जोडिरहेको जानकारी दिए । एआईबीले विश्वव्यापीकरणमा खुला सिमाना, विश्वव्यापी विचार तथा अन्तरराष्ट्रिय संस्कृतिलाई बढावा दिइरहेको उनको भनाइ छ । त्यस्तै अन्तरराष्ट्रिय व्यापारमा बौद्धिक स्वतन्त्रता, अन्तरराष्ट्रिय व्यापारमा समावेशिता लगायतलाई पनि एआईबीले बढावा दिन खोजेको उनले बताए ।  अन्तरराष्ट्रिय व्यापारमा मुलुकहरूबीचको अन्तरसम्बन्धमा कमजोरी रहेको विज्ञको भनाइ व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले नेपालको प्रमुख निर्यातजन्य वस्तु कपडा (टेक्सटाइल)को व्यापार सुध्रिएको जानकारी दिए । सन् २०२२ मा नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा कपडा रहेको उल्लेख गर्दै उनले अलैंची, अुदवा निर्यात हुने प्रमुख वस्तु रहेको जानकारी दिए । नेपालको टेक्सटाइल अमेरिका, जापान, जर्मनी, फ्रान्सलगायत देशसम्म पुगिरहेको उनले जानकारी दिए । नेपालले अन्तरराष्ट्रिय बजारमा विद्युत् व्यापार, सूचना प्रविधि, पानी पनि निर्यात गर्न सक्ने पर्याप्त सम्भावना रहेको उनको भनाइ छ । त्यस्ता वस्तु निर्यात गरेर नेपालले वार्षिक ५० करोड अमेरिकी डलरसम्म आम्दानी गर्न सक्ने उनको अनुमान छ ।  सम्मेलनका क्रममा दक्षिण एशियाली मुुलुकहरूले गर्न सक्ने व्यापारसम्बन्धी सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरिएको थियो । सो क्रममा सुनन्दा आले शर्माले नेपालमा महिला पर्यटन, उद्यमशीलताको अवसर र चुनौतीबारे कार्यपत्र प्रस्तुत गरिन् ।  यसअघि कार्यक्रमको पहिलो दिन आइतवारको छलफलमा दक्षिण एशियाली मुलुकहरूले अन्तरराष्ट्रिय व्यापारको लाभ लिन नपाएको भन्दै लाभ बढाउनुपर्नेमा जोड दिइएको थियो ।

पोर्चुगल र उरुग्वे पहिलो हाफमा गोलरहित

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत पोर्चुगल र उरुग्वे समूहको दोस्रो खेलमा भिड्दैछन् । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले पहिलो हाफमा गोलको अवसर सिर्जना गरेका थिए । मिडफिल्डमै बल बढि व्यस्त रहेको खेलमा उरुग्वेले केहि कम बल पोसेसन राखेको छ । तर काउन्टर अट्याकमा भने खतरा बुनिरहेको […]

कोभिड महामारी पूर्णरुपमा नियन्त्रण गर्नुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारी पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । केही सयमयता मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताएका हुन् । वीर अस्पतालको १३३ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भविष्यमा आउन सक्ने विभिन्न महामारीहरुको नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामर्थ्यको विकास गर्नुपर्ने बताए ।क्यान्

सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको बताउनुभएको छ । आइतबार आफ्नै निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा उहाँले कतिपय पार्टीमा विभाजनको खतरा रहेको बताउनुभयो । उहाँले ठिक ढंगले भूमिका निर्वाह गर्नसके माओवादीलाई अवसर र चुनौति दुबै आउन सक्ने उहाँको निष्कर्ष थियो । अहिलेसम्म गठबन्धनको विकल्प नसोचिएको […]

चुनावमा लुटको अवसर

देशभर चुनावी माहौल छ । अर्थात् लुट्ने र लुटाउनेको कतार छ । कोही भोट लुट्न त कोही लुटाउन तयार छन् । चुनाव सुनौलो अवसर हो लुटका लागि । बैंकहरूबाट अर्बौं रुपैयाँ चुनावमा लुटाउन निकालिएको छ । अहिले लुटाउने अनि पाँच वर्षसम्म आरामसँग लुट्ने । लुटको अवसर छ र त लुटमा लगानी छ । जति अभाव उति महँगी । जति महँगी उति नै लुट । औषधि, दूधदेखि दारुमा लुट । अस्पतालदेखि मशानघाटसम्म लुट । भगवान्जस्तै लुट पनि सर्वव्यापी, सर्वशक्तिशाली बनेको छ । पहिले पहिले पसलहरूमा छुटका अफरहरू हुन्थे । अहिले छुटको ठाउँ लुटले लिएको छ । लुट्नलाई सजिलो हुने भएर होला, अहिले त धेरैजसो पूर्व लडाकुमात्र होइन, पूर्व डाँकाहरू पनि राजनीतिमा आएका छन् । अहिले त उनीहरू ‘केही’ बनिसकेका छन् । कम खाँदा उनीहरूलाई ‘सुक्खा रोग’ लाग्ने खतरा छ । त्यसैले उनीहरूलाई खाइरहनुपर्छ र धेरै खानुपर्छ । तर नेताले ईशारा गरे मात्र पनि पुग्छ, बाँकी सबै थोक कार्यकर्ता र आसेपासे अफिसरहरूले पुर्‍याइदिहाल्छन् । असुली अभियानमा ठूला साना सबै कार्यकर्ताले आफ्ना भूमिका निर्वाह गरिहाल्छन् । हुन्न, सक्तिनँ भन्नेहरू सरुवा वा निलम्बनको यात्रामा जान बाध्य हुन्छन् । चुनाव स्थानीय नै भए पनि केन्द्रीय नेता पनि यसमा परिचालित हुन्छन् । केन्द्रीय नेताहरू जब शहरबाट साना शहर र गाउँ पस्छन्, उनीहरूको खाने, पिउने, बस्ने, गाडी, डिजेल, पेट्रोल आदि सबै कुरा स्वतः मातहतहरूको जिम्मा भैहाल्छ । मन्त्री नेताका पीएदेखि भान्छेसम्म भोको बाघजस्ता देखिन्छन्, मौका पर्नासाथ आक्रमण गर्न र लुट्न तयार । हिजोआज चारैतिरको चुनावी वातावरण लुटको छुटका लागि उपयुक्त बनेको देखिन्छ । त्यसैले जनतासँग जसले जेमा जति दाम असुल गरे पनि उचित हुने जस्तो वातावरण बनेको छ । जताततै मिलावट नै मिलावट छ । जसले मिलावट गर्छ, उसले थुपै्र पाउँछ । फस्यो भने थोरै मात्र गुमाउँछ । त्यसैले जनतासँग खोस्नुस्, केवल कम्पनीहरूलाई पोस्नुस् । कोही मर्छन् भने मर्न दिनुस् । मर्नबाट त कसले कसलाई रोक्न सक्छ र ? त्यसो त थुप्रै मानिस शिक्षण पेशा छाडेर समेत राजनीतिमा आएका छन् । उनीहरूले शिक्षण संस्थाहरूमा देखेको वा आफूले प्रयोग गरेको लुटलाई राजनीतिमा पनि प्रयोग नगर्ने कुरै भएन । स्कुल कलेजमा पढाउने कुरामा छूट भए पनि एड्मिशन शुल्कदेखि हरेक शुल्कमा हुने गरेको लुट, कापी किताब किनाउनेदेखि डे«स सिलाउने र टाईदेखि आईडीकार्ड बनाउँदामै लुट, शिक्षक शिक्षिकालाई दिने तलब सुविधा आदिमै लुट । छट्टुहरूले कट्टु र मोजाबाहेक अरूमा नलुटेको केही छैन । यस्तो लाग्छ– अरू थुप्रै क्षेत्रमा जस्तै शिक्षा क्षेत्रमा पनि साँच्चै रामराज्य नै आएको थियो र छ । शिक्षा क्षेत्रमा जस्तै अन्य थुप्रै क्षेत्रमा लुटको यो श्रृंखला जारी छ । ट्रकवालालाई पुलिसले, पुलिसलाई माथिकाले लुटिरहेका देखिन्छन् । बफादार प्रहरीले दिनभर लुटेर साँझ सबैलाई प्रसाद पुर्‍याउन भ्याउँछ र बदलामा आफ्नो भाग पनि लाउँछ । महानगरीय प्रहरीले फुटपाथ पसलेहरूसँग कबड्डी म्याच गर्दै गरिरहेको असुली त झन् दक्षिण भारतीय चलचित्रमा देखाइने गरेजस्तो देखिन्छ । किसानलाई नीति निर्धारक र टाठाबाठाहरूले लुटिरहेकै छन् । जसले कृषिउपजमा लुट्न पाएन, उसले बीउ वा मलमा लुटिरहेको छ । अनि त न किसानले मल हाल्न पाउँछन्, न फसल उब्जिन्छ । अनि खाद्यान्न आयात बढ्यो, कृषिमा अनुदान दिनुपर्‍यो भन्ने तिनै । अनि त्यो अनुदान ठ्याक्क आफू वा आफन्तले पाउने गरी नीति बनायो अनि पोस्ने उनै । अनि अन्नमा पोस किन लाग्थ्यो ? टाठाबाठा पो हुने हो पोसाएको पोसायै । यसरी जति अभाव उति महँगी । जति महँगी उति नै लुट । कस्तो राम्रो काइदा । जान्नेलाई सधैं फाइदा । औषधि, दूधदेखि दारुमा लुट । अस्पतालदेखि मशानघाटसम्म लुट । भगवान्जस्तै लुट पनि सर्वव्यापी, सर्वशक्तिशाली बनेको छ । यसलाई न कानूनले छुन्छ, न पुलिसले थुन्छ, न अदालतले चिन्छ । सबै मिलेपछि इन्द्रका बाउ चन्द्र आए पनि कसैले केही लछारपाटो लगाउन सक्ने होइन । त्यसैले तपाईं यदि भगवान्लाई मान्नुहुन्छ भने पछि नपर्नुहोस् र यो पवित्र अखण्ड कीर्तनमा सहभागी भएर अर्थको भवसागर तर्नुहोस् । चुनाव हार्नुभयो वा राजनीतिमा असफल हुनुभयो भने पनि केही छैन । जिन्दगीमा केही गर्न सक्नुभएन भने पनि कुनै बाबा वा धर्मगुरु बनिहाल्नोस् । मठाधीश कहलिनोस् र जो मूर्ख बन्न तयार छैनन्, उनीहरूलाई भगवान्सँग डराउने बनाउनुहोस् र लुट मच्चाउनुहोस् । यो लुटको अवसरहरू छोड््ने कुरै हुन्न । विश्वमा कहीँ कतै छिसिक्क हुनुहुन्न, यता लुट शुरू गरिहाल्नोस् । देख्नुभएन ? रूसले युक्रेनमा मिसाइल हानेका समाचार आउन नपाँउदै रातारात मिसाइलको गतिमा भाउ आकाशिएको । देशमा केही गरेर देखाउने कुरा गर्नु छ । बैठकमाथि बैठकहरू बस्नुपर्नेछ । समय कटाउनु छ । पञ्चवर्षीय कार्ययोजना बनाउनु छ । घोषणपत्र सार्वजनिक गर्नु छ । पत्रकार सम्मेलन गर्नु छ । त्यसमा तथ्यांक यताउता बनाएर विकास गरेको देखाउनु छ । अनि फेरि उही पुरानै वाचाहरू दोहोर्‍याउनु पनि छ । देश स्वर्ग बनाइसकेँ भन्नु छ । अनि फेरि केही नभएको देखाएर स्वर्ग बनाउँछु भनेर प्रमाणित गर्नु पनि छ । शहर सफा राख्ने, पार्क बनाउने, यति हजार मेगावाट बिजुली निकाल्ने, मोनोरेल, मेट्रो मात्रै किन ? हाइपरलुपकै गफ दिनु छ । हुने नहुने, सकिने नसकिने सबै सपना नबाँडे चुनाव कसरी जित्नु ? गर्नुपर्ने केही होइन, भोटरहरूलाई पनि चाहिएको गफै हो क्यारे । भन्नेलाई पनि थाहा छ र सुन्नेलाई पनि थाहा छ । यदि भन्ने र सुन्ने दुवैलाई यो झुठ हो भन्ने थाहा छ भने त्यो झुठ ठहरिँदैन भन्छन् । जे होस्, सबै प्रकारका झुठ कुरा गरेर पाँच वर्ष फेरि बिताउनु छ । देशलाई जहाँ जानु छ, ऊ त्यहाँ गैहाल्छ । तपाईंको काम त लुट्ने हो, लुटिरहनुहोस् । नीति बनाएर वा नबनाएर लुट्नुहोस् । पुल बनाएर वा भएको पुल भत्काएर लुट्नुहोस् । कतै केही बिग्रियो भने छाती नपिट्नुहोस्, बरु लुट्नुहोस् । जे मिल्छ, स्वीकार भावमा ग्रहण गर्नुहोस् । हे कर्मठ सपुतहरू ! तपाईंहरूलाई लुट्नलाई अधैर्यपूर्वक कुरिरहेको छ लूटतन्त्र । हे वीर ! जाग्नुहोस् । टाउकोमा फेटा बाँधेर वा कम्मरमा सिक्री सजाएर चुनावमा निक्लनोस् । कुनै पनि दलको झण्डा उठाउनुहोस् । जोसुकै अगाडि आए पनि डण्डा लगाउनुहोस् । जोसँग केही पनि बाँकी छैन, ऊसँग पनि लुट्नुहोस् । लोकतन्त्रको सुन्दर पक्ष भनेकै चुनाव हो भन्छन् । यो सुन्दर चुनावलाई आफ्ना लागि पूर्णरूपमा उपयोग गर्नुहोस् । सर्वसाधारणसँग भएको सर्वस्व लुट्नुहोस् । यो चुनावको अवसरमा लुट्ने मौकामा छुट्नुभयो भने फेरि जीवनभरि पछुताउनु पर्ला है !

नेपाल खोपको प्राथमिकतामा नपर्ने खतरा

– डा. राजीव श्रेष्ठ नेपालमा कोरोना भाइरसविरुद्धको खोप (फेज थ्री) को अध्ययन गर्न त्रि.वि. शिक्षण अस्पताल र काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेल छानिएकोमा ६ महिना १२ दिनसम्म पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालीन आवश्यक कानुनी प्रक्रियाको अभावमा निर्णय गर्न नसकेका कारण नेपालले उक्त अवसर गुमाएको छ । विशेषगरी विकासोन्मुख देशहरुमा खोपको लागि कोरियास्थित इन्टरनेसनल भ्याक्सिन […]

संसद विघटनपछि संविधान नै विघटन गर्ने खतरा बढ्यो : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद विघटनको घटनापछि संविधान नै विघटन गर्ने खतरा बढेको बताएका छन । कांग्रेस क्षेत्र नम्बर ६ काठमाडौंले शहिद दिवसका अवसर पारेर रत्नपार्कमा गरेको विरोध सभालाई सम्बोधन गर्दै सिटौलाले संसद विघटनपछि संविधानले दिएका व्यवस्थामाथि नै चुनौती देखिएकाले संविधान समेत विघटन गर्ने खतरा बढेको बताए ।

नयाँ प्रविधि लोकतन्त्रका लागि खतरा

कुनै बेला इन्टरनेटलाई लोकतन्त्र र स्वतन्त्रता प्रवर्द्धनका साथै अवसर सिर्जना गर्ने साधनका रूपमा तारिफ गरिन्थ्यो। र,

जापानको रोजगारी गुम्ने खतरा

सरकारको लापरबाहीका कारण नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रमअन्तर्गत विदेशी कामदार ल्याउने जापान सरकारको नयाँ व्यवस्थाअनुसार दुई मुलुकबीच सम्झौता हुन नसक्दा रोजगारीको अवसर गुम्ने अवस्था सिर्जना भएको हो । यो खबर गोपाल साउदले आजको नयाँ पत्रिकामा लेखेका छन्। सन् १९९३ यता जापानले नेपालसहित चीन, इन्डोनेसिया, भियतनाम,…