भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म करिब दुई लाख ६० हजार डेंगु ज्वरोबाट सङ्क्रमित भएका छन् । सङ्क्रमणका कारण दश महिनामा एक सय दुई जनाको मृत्यु भएका भियतनामको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।सङ्क्रमण र मृत्युको सङ्ख्या सन् २०२१ को सोही अवधिको तुलनामा झण्डै पाँच गुणा बढेको पनि मन्त्रालयले जनाएको छ । नोभेम्बर र डिसेम्बरमा धेरै प्रान्त र शहरहरूमा ‘ठूलो प्रकोप’ हुने सम्भावना रहेको पनि मन्त्रालयले जनाएको छ । हो ची मिन्ह सिटी अझै पनि भियतनाममा डेंगु ज्वरोको केन्द्रविन्द