दसैंलाई लक्षित गर्दै जुम्ला सदरमुकाम खलंगामा भेडाहरू भरिभराउ भएका छन् । गाउँदेखि किसान र व्यापारीले भेडाहरू सदरमुकाम खलंगा पुर्याएका हुन् । चरनक्षेत्रको अभाव र व्यावसायिक भेडापालनका कारण दिन प्रतिदिन लोप हुँदै गइरहेको जुम्ली भेडा योपटक भने अत्यधिक मात्रामा भित्रिए ।