स्कुले विद्यार्थी राखेर एमाले उम्मेदवार काेमल वलीकाे चुनावी भेला

दाङ – नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वली र प्रदेश सभा ३ (२) का उम्मेदवार हुकुम बस्नेतले दाङको एक विद्यालयमै पुगेर विद्यार्थीसँग मत मागेका छन् । निर्वाचन आचारसंहिता विपरीत दाङको बबई गाउँपालिका १ गंगटेमा रहेकाे सरस्वती जनता माविमा वली र बस्नेतसहितका नेता, कार्यकर्ता पुगेर घरमा रहेका बुबाआमालाई एमालेको सूर्य चिह्नमा भोट हालिदिन भन्न विद्यार्थीसमक्ष अनुरोध गरेका छन् । केही दिनअघि विद्यालयमा पुगेर उनीहरूले गरेकाे भेलाकाे तस्बिर सामाजिक सञ्जालमा भाइरल भएकाे छ । ...

सम्बन्धित सामग्री

अन्तर्वार्ता: 'पाल्पामा म कांग्रेस र राप्रपाको पनि साझा उम्मेदवार'

पाल्पाको प्रतिनिधिसभा-२ मा भइरहेको चुनावी प्रतिस्पर्धाको चर्चा मनोनयन दर्तादेखि नै छ । कारण हो, चारपटकका विजेता पूर्व उद्योगमन्त्री तथा नेकपा एकीकृत समाजवादीका स्थायी कमिटि सदस्य सोमप्रसाद पाण्डेयसँग एमाले उम्मेदवार तथा विद्यार्थी राजनीतिबाट संसदीय राजनीतिमा पहिलोपटक उम्मेदवार बनेका नेकपा पोलिट ब्यूरो सदस्य ठाकुर गैरे चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

एमाले उम्मेदवार कोमल वलीको चुनावी भेलामा स्कूले विद्यार्थी

१८ कार्तिक, दाङ । दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कोमल वलीले विद्यार्थीलाई राखेर चुनावी भेला गरेकी छिन् । निर्वाचन आचारसंहिता विपरीत स्कुलका विद्यार्थीलाई राखेर गरिएको चुनावी भेलाको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । एमालेकी उम्मेदवार वलीसहित दाङ ३ ‘ख’ का उम्मेदवार हुकुम बस्नेतले आफ्नो चुनावी अभियानका क्रममा केहीदिन […]