काठमाडौं । नेपाल सरकारले दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार सङ्घीय संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा दिवा खाजा विस्तारसहित विद्यालय शिक्षामा सुधार गर्न विद्यालय क्षेत्र विकास योजना कार्यान्वयनमा ल्याउने उल्लेख छ ।