कोभिड प्रभावित उद्योग, व्यवसायी तथा सेवा क्षेत्रको पुनःस्थापनाको नाममा १ खर्ब २२ अर्ब माथिको रकम वितरण भएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को साउन देखि असार मसान्तसम्म यस्तो रकम विभिन्न बैंकहरू मार्फत गरी कुल १ खर्ब २२ अर्ब ९१ करोड लगानी भएको बैंकले जनाएको हो ।उक्त पुनर्कर्जाबाट आर्थिक वर्षभित्र कुल ४८ हजार ८९० जना विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरु लाभान्वित भएको समेत बैंकले जनाएको छ । यस्तो रकमबाट लघु, घरेलु तथा साना उद्योगबाट मात्र आर्थिक वर्ष भित्र (प्रति व्यक्