पछिल्लो वर्षाले थप सडकमा क्षति : देशभरका सडक अवरुद्ध

भदौ १४, काठमाडौं । केही दिनयता भइरहेको वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । सडक विभागले अवरुद्ध भएका स्थानमा पहिरो हटाएर सडक चालू गर्न लागेको छ ।  पूर्व–पश्चिम राजमार्ग परासी जिल्लामा तुरिया खोला पुल अवरुद्ध भएको छ । सोही राजमार्गको  रुपन्देहीमा घोडाहा खोला पुल पहिराकै कारण अवरुद्ध रहेको छ । सिद्धार्थ राजमार्गको स्याङ्जामा राम्दी र डुम्रेमा अवरुद्ध छ । पाँचखाल–मेलम्ची सडक सिन्धुपाल्चोक जिल्लाको रातो पहिरोको कारण अवरुद्ध छ ।  पछिल्लो पटक सिद्धार्थ राजमार्ग सिद्धबाबा खण्डमा अवरुद्ध भएकामा अहिले एकातर्फबाट खुलिसकेको छ । भिट्ठामोड–जलेश्वर–वर्दिवास, खुर्कोट–मन्थली–तामाकोशी–सिँगटी–लामाबगर–लाप्चेबगर अवरुद्ध भएकामा अहिले एकातर्फबाट चालू भएको छ ।  अहिलेको वर्षाले सबैभन्दा बढी क्षति सिद्धार्थ राजमार्ग र नारायणगढ–बुटवल सडकमा देखिएको विभागका सम्भार महाशाखा प्रमुख भीमार्जुन अधिकारीले बताए । पहिरोका कारण त्यहाँको डाइभर्सन बगाएको छ । आइतवार र सोमवार सो सडक भएर यात्रा गर्ने यात्रुले दुःख पाएको उनले बताए । यात्रुको चाप बढी रहेको सडक विभागले खुलाइसकेको छ । बुटवल–नारायणगढ खण्डमा पर्ने तुरिया खोलाको पुल बगाएको भए पनि त्यसको विकल्प रहेको छ । पुल नै बगाएकामा बनाउन लामो समय लाग्ने भए पनि वैकल्पिक सडक हुँदा आवगमन नरोकिने उनको भनाइ छ । केही दिनयताको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग खुलाइसकिएको छ ।  आइतवार नागढुङ्गा सडक अवरुद्ध भएकामा अहिलेसम्म खुलिसकेको छ । वर्षाका कारण गत महीनामा अवरुद्ध सडकमा थप क्षति पुगेको छ । लमजुङको बेँसीशहरदेखि मनाङको चामेसम्मको सडक दुई महीनादेखि अवरुद्ध छ । पछिल्लो वर्षाले यहाँ थप पहिरो गएको उपमहानिर्देशक अधिकारीले बताए । उनले भने, ‘एकातिरबाट सडक खुलाउन लागिरहँदा पहिराले थप अवरोध गरेको छ ।’ यो वर्ष विगतका वर्षभन्दा पहिले वर्षा शुरु भएको थियो । जेठको दोस्रो सातादेखि शुरु भएको वर्षाले देशभरका संघीय, प्रदेश र कतिपय स्थानीय सडक अवरुद्ध गरेको थियो । संघीय सडक अवरुद्ध हुँदा सडक विभागले मातहतका कार्यालयमा रहेका जनशक्ति र उपकरणमार्फत खुलाउने गरेको छ ।  सडक विभागले सकेसम्म चाँडो सडक खुलाउन लाग्ने गरेको उपमहानिर्देशक अधिकारीले बताए । विभागले सकेसम्म दुवैतर्फबाट सवारीसाधन चल्न सक्ने गरी पहिरो पन्छाउने गरेको छ । कतिपय स्थानमा सडक नै कटान भएकामा एकातर्फबाट मात्रै चालू गराइएको उनले बताए । विभागले क्षतिको अवस्था र सडकमा हुने सवारीसाधनको चापका आधारमा एकातर्फ मात्रै खुलाउने कि दुवैतर्फ खुलाउने भनी निर्णय गर्छ ।  सडक नै भासिएको स्थानमा तत्काल दुवैतर्फ चल्नसक्ने बनाउनुभन्दा एकातर्फबाट मात्रै चलाउन उपयुक्त हुन्छ । ती सडकमा तत्काल एकातर्फबाट र वर्षा कम भएपछि तलबाट पर्खाल लगाएर दुवैतर्फ सडक चालू गरिन्छ ।  सवारी चाप भएका ठाउँमा भने क्षति भए पनि दुवैतर्फ चालू गर्नुपर्छ । पछिल्लो वर्षाले कुरिनटार नजिकै सडक अवरुद्ध गरेको थियो । उनले भने, ‘यो सडकमा चाप बढी भएकाले एकातर्फबाट खुलाएर हुँदैन र दुवैतर्फ खुलाइएको छ ।’ यस वर्ष वर्षाका कारण सडक अवरुद्ध हुँदा झण्डै रू. दुई अर्ब २५ करोड बराबरको क्षति भइसकेको अनुमान छ । निर्माणाधीन सडकमा क्षति हुँदा भने त्यसको मर्मतको खर्च निर्माण कम्पनीले नै गर्नुपर्छ । चिनियाँ कम्पनीमार्फत विस्तारको काम भइरहेको नारायणगढ–बुटवल सडक मर्मत कम्पनीले नै गर्नेछ ।  विगतका वर्षभन्दा बढी वर्षा हुँदा अरु संरचनासँगै सडक र पुलमा बढी क्षति भएको विभागले जानकारी दिएको छ । वर्षाका कारण यो वर्ष २०१ सडक अवरुद्ध भएकामा हाल १६ सडक अवरुद्ध छन् । अवरुद्ध भएका सडकमध्ये ६८ सडक दुवैतर्फबाट चालू, ११७ सडक एकातर्फबाट चालू रहेको विभागले जानकारी दिएको छ । रासस

सम्बन्धित सामग्री

निरन्तरको वर्षाले बेँसीसहर–चामे सडक अवरुद्ध

निरन्तरको वर्षाका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। निरन्तरको वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो। अधिक वर्षा भएपछि उक्त सडक खण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध...

पहिरो जाँदा मेलम्ची सडक अवरुद्ध

अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–१० मा सडक अवरुद्ध भएको छ। पाल्चोकी क्रसर पारि पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।...

म्याग्दीका मुख्य सडक अवरुद्ध

म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि अन्तर जिल्ला र पालिका जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । बर्सातका कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा बेनीदेखि लामो तथा छोटो दूरीमा चल्ने यातायात सेवा प्रभावित बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ट्राफिक कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बागलुङ–बेनीबाहेकका अन्य प्रमुख सडक अवरुद्ध बनेको जानकारी दिए । मालढुङ्गा–बेनी, बेनी–जोमसोम र बेनी–दरवाङ सडकको ठाउँ ठाउँमा

जाजरकोट–डोल्पा सडक अवरुद्ध

जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ । बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा...

जाजरकोट–डोल्पा सडक अवरुद्ध

जाजरकोट । जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ । बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा परेका छन् । सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ […]

डुम्रे-बेँसीसहर सडक अवरुद्ध

लमजुङ-अविरल वर्षासँगै गए राति ठूला ढुंगा खस्दा पुनः डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ। यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुर नजिकै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए। उनले भने, ‘वैकल्पिकरूपमा रहेको आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोड्ने सडकमा माथिबाट दुईवटा ठूला-ठूला ढुंगा खसेर सडक अवरुद्ध भएपछि सवारीसाधन सञ्चालन हुनसकेका छैनन्।’ […]

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

वर्षासँगै खसेको पहिराका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौँ । पहिरोले मुग्लिन-नौबिसे र मुग्लिङ-नारायणगढ सडक अवरुद्ध भएको छ। गए राति पहिरो खस्दा मुग्लिन-नौबिसे सडकखण्डस्थित इच्छाकामना गाउँपालिका नाग्दीखोलामा सडक अवरुद्ध भएको छ। यस्तै मुग्लिन-नारायणगढ सडकखण्डको नाम्सी पुलमा सडक अवरुद्ध भएको छ। आज बिहान करिब ४ बजेतिर पहिरो खसेको थियो। पहिरो हटाएर सडक खोल्ने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ।

रत्न राजमार्गअन्तर्गत छिन्चुमा सडक अवरुद्ध

सुर्खेत : कोहलपुर सडकखण्डअन्तर्गत रत्न राजमार्गको छिन्चुमा स्थानीयले सडक अवरुद्ध गरेका छन्।मिनी ट्रकले बिहीबार मोटरसाइकललाई ठक्कर दिँदा छिन्चुका स्थानीयको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका हुन्।दुर्घटनापछि मिटी ट्रकधनी सम्पर्कमा नआएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेको सुर्खेत प्रहरीले जनाएको छ।प्रहरीका अनुसार स्थानीयले सडक अवरुद्ध गरेपछि सुर्खेतबाट बाहिर कोहलपुर, नेपालगन्ज, कैलाली, बर्दिया, दाङ जाने र आउने यात्रुवाहक सवारी र मालवाहक सवारी सबै रोकिएका छन्।उक्त मिनी ट्रकधनीलाई सम्

रुकुम पूर्वमा सडक अवरुद्ध

मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुमपूर्वको भूमे गाउँपालिकामा सडक अवरुद्ध भएको छ । भूमे गाउँपालिका ४ धौलापहिरा नजिकै सडक माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको हो । गएराति परेको भारी वर्षाका कारण पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । रुकुम पूर्वबाट बागलुङ, पर्वत, पोखरा, काठमाडौंका लामो दुरीका सवारी साधनहरु यही सडक मार्ग भएर आवतजावत गर्छन् सडक अवरुद्ध हुँदा आवातजावत बन्द भएको छ ।बिहानैदेखि सवारी साधनहरु पहिरो खसेको ठाउँमा आएर रोकिएका भूमे गाउँपालिका ३ काचन्द्र रसाइलीले बताए । उनका