ताप्लेजुङको दुर्गम तथा हिमाली क्षेत्रमा सञ्चार सेवा अवरुद्ध

ताप्लेजुङको दुर्गम तथा हिमाली क्षेत्रमा तीन सातादेखि सञ्चार सेवा अवरुद्ध भएको छ ।

सम्बन्धित सामग्री

सङ्खुवासभामा अवरुद्ध टेलिफोन सेवा एक सातापछि सञ्चालनमा

सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आए

अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा

सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अवरुद्ध भएको टेलिफोन सेवा एक सातापछि सञ्चालन भएको दूरसञ्चार कार्यालयका प्रमुख प्रेमकुमार राईले जानकारी दिनुभयो ।

एक सातापछि सञ्चालनमा आयाे अवरुद्ध टेलिफोन सेवा

सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ।

सम्पर्क विहीन भोटखोला, जनतालाई सास्ती

सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो ।

संखुवासभाको भोटखोलामा टेलिफोन सेवा अवरुद्ध

किमाथांका । संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । उत्तरी क्षेत्र भोटखोलामा १५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो । भोटखोला वडा नं २ र ४ को सिमानामा रहेको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा खराबी आएपछि टेलिफोन सेवा अवरुद्ध भएको दूरसञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिए । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका छन् । टेलिफोन सेवा अवरुद्ध भएको १५ दिन भइसक्दा पनि सरोकारवाला निकायले चासो नदेखाउँदा सञ्चार सेवाबाट वञ्चित हुनुपरेको भोटखोला गाउँपालिकाका वडासचिव दावा लामाले जानकारी दिए । टेलिफोन सेवा अवरुद्ध हुँदा गाउँपालिका नै सञ्चार सेवाबाट वञ्चित भएको सचिव लामाले बताए । सञ्चार सेवा अवरुद्ध भएको जानकारी गराउँदा पनि दूरसञ्चार कार्यालयले बेवास्ता गरेको स्थानीयवासीको गुनासो छ । टेलिफोन सेवा अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको वडा नं २ च्याम्ताङ आङजुङ भोटेले गुनासो गरे । दूरसञ्चार कार्यालयका सूचना अधिकारी मोक्तानका अनुसार उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएकाले टावरमा समस्या आउने गरेको छ । मकालु गाउँपालिकाको भाटभोटेनीमा रहेको टावरमा समेत समस्या देखिएका कारण माक्पालुङको टावरमा लिंक पठाउन नसक्दा समस्या आएको र मर्मतका लागि चाँडै प्राविधिक टोली त्यस क्षेत्रमा पठाइने सूचना अधिकारी मोक्तानले बताए । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौं गाउँका बासिन्दा टेलिफोन सेवाबाट वञ्चित भएका छन् । रासस