बिहीबार अन्तर्राष्ट्रिय नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपालमा बिहीबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै छ। दिवसका उपलक्ष्यमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गर्दैछन्।

सम्बन्धित सामग्री

विश्व पक्षघात दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – विश्व पक्षघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाउने गरिएकाले नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ। एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको पक्षाघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ। मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त […]

आज पुष्पलाल स्मृति दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं।आज ४४ औँ पुष्पलाल स्मृति दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै छ।प्रेस युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै छ।लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिएको छ।पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ र अमेरिकामा एक दशकपछि पोलियोको बिरामी भेटिएको छ।

आज ४०औँ बीपी स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ –  प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)को योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका थिए। कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो। […]

आज विश्व वातावरण दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै - आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा ‘केवल एउटा पृथ्वी’ रहेको छ । वातावरणप्रति विश्वमा सचेतना जगाउने उद्देश्यअनुसार संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै ५० वर्ष अघिदेखि मनाउन थालिएको दिवसको सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको बताउनुभएको छ । प्रकृतिको स्वाभा...

आज विश्व रङ्गमञ्च दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै - आज विश्व रङ्गमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । समाजका विकृति–विसङ्गतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्षको मार्च २७ तारिखमा यो दिवस मनाउने गरिएको छ। सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्टिच्युटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ मा विश्व रङ्गमञ्च दिवस मनाउन थालिएको हो । सन् १९६२ मा पहिलो विश्व रङ्गमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटकार जेन ककटेउले लेखेका थिए । केही वर्षयता नेपालमा रङ्गमञ्चप्रति आकर्षण बढ्दै गएको पाइएको छ ।

आज विश्व रेडियो दिवस ! विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ –  आज विश्व रेडियो दिवस !‘रेडियो र विश्वास’भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । रेडियोको महत्त्व, योगदान र चुनौतीहरूको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिन्छ ।  संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ । नेपालमा राणा शासन अन्त्यका लागि […]

आज विश्व बसोबास दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै - आज विश्व बसोबास दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको नारा ‘तीव्र सहरी क्रियाकलापको लक्ष्य : कार्बनरहित विश्व’ भन्ने तय गरिएको छ । यो नाराले सहरले बनोट, भवन तथा पूर्वाधार निर्माण, सवारी व्यवस्थापन, हरियाली क्षेत्र व्यवस्थापन आदि क्रियाकलाप गर्दा दिगो सहरीकरण तथा दिगो विकास लक्ष्यलाई ध्यानमा राखेर न्यून कार्बन उत्सर्जन गर्ने गरी वातावरणमैत्री विकास गर्नुपर्नेमा जोड दिएको छ । वातावरणमैत्री सहरी विकास निर्माणमा तीनै तहका सरकारको ध्यान जानुपर्ने विज्ञले बताउँदै आएका छन् ।  ...

राष्ट्रिय संरक्षण दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै - राष्ट्रिय संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको असोज ७ गतेलाई सरकारले राष्ट्रिय संरक्षण दिवसका रुपमा मनाउने गरेको छ । २०६३ असोज ७ गते तत्कालीन वनमन्त्री गोपाल राई, वन र वातावरण क्षेत्रका विज्ञहरू डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङलगायत २४ जनाको ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उहाँहरूको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउन थालिएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने क्रममा घुन्साको फले ...

आज मोतीराम भट्टको जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै - आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १९२३ साल भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन काठमाण्डौमा जन्मनु भएका उहाँको १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । नेपाली साहित्यको शृङ्गार रसलाई उजागर गरेका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी प्रकाशनमा ल्याउनुभएको थियो । भट्टले भानुभक्त आचार्यको बालकाण्ड, रामायण, सम्पूर्ण रामायण र थुप्रै नेपाली भाषाका पुस्तक प्रकाशित गर्नुभएको थियो । उहाँका मनोवेग प्रवाह, गजेन्द्रमोक्...

आज २६ औं‌ जनयुद्ध दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाण्डाै - आज २६ औं जनयुद्ध दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा तत्कालीन माओवादीहरुले जनयुद्ध दिवस मनाउँदै आएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आज जनयुद्ध दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ । सहिद स्मृति तथा सम्मान कार्यक्रमको ब्यानरमा दिवस भव्यरुपमा मनाउन सबै तहमा आग्रह गरिएको नेकपाको प्रचण्ड–नेपाल समूहले आग्रह गरेको छ । बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा सहिदहरुप्रति सम्मान कार्यक्रम राखिएको ने...