भ्रष्टाचार रहेसम्म कुनै पनि व्यवस्थाले जनताको आकांक्षा पूरा गर्न सक्दैन : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार व्याप्त रहेसम्म कुनै पनि व्यवस्थाले जनताको आकांक्षा पूरा गर्न नसक्ने बताएका छन् । उनले अहिले जनताले छिटो–छिटो गतिमा भ्रष्टाचारको अन्त्य र सुशासन चाहेको बताए ।
जनकपुरधाममा धनुषा निर्वाचन क्षेत्र नम्बर–२ द्वारा आज आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी शर्मा ओलीले पार्टीलाई दास बनाउन खोजेपछि आफूहरुले विद्रोह गरेको बताए।...
जनकपुर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गर्नुभएको छ । जनकपुरधाममा धनुषा निर्वाचन क्षेत्र नम्बर–२ द्वारा आज आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी शर्मा ओलीले पार्टीलाई दास बनाउन खोजेपछि आफूहरुले विद्रोह गरेको बताउनुभयो । संविधान रक्षा, स्थायी सरकार […]
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउन नसक्ने दाबी गरेका छन् ।शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दलाल पुँजीलाई पोसेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पुँजीको प्रवद्र्धन हुने कुरा सम्भव नहुने बताए । उनले राजनीतिमा […]