तीन महिना पुरा भएका गर्भवतिहरुलाई कोरोना खोप लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले पहिलो तीन महिना कटिसकेका सबै गर्भवति महिलाहरुलाई नजिकैको खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरेका छन्।

सम्बन्धित सामग्री

कोरोना खोप लगाउन छुटेकालाई मतदान स्थलमै खोप लगाउने सुविधा

काठमाडौँ । सरकारले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा खोप लगाउन छुटेका सबैलाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरेको छ । पहिलो, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुटेका १८ वर्षभन्दा माथिका व्यक्तिका लागि मतदान स्थलमै खोप लगाउने सुविधा मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुस्टर डोज नलगाएकाहरूले चुनावमा सहभागी हुँदा अनिवार्य रूपमा खोप […]

अब कोरोना खोप लगाउन कुनै परिचयपत्र आवश्यक नपर्ने

काठमाडौं, २ फागुन । कोरोना भाइरसविरुद्धको खोप लगाउन परिचय पत्र आवश्यक नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन बाँकी नागरिकहरुलाई मन्त्रालयले अबदेखि परिचयपत्र आवश्यक नपर्ने गरी यस्तो निर्णय गरेको हो । देशमा धेरै नागरिकहरुले परिचयपत्रको अभावमा खोपबाट बञ्चित भएको गुनासो आएपछि आइडी कार्ड आवश्यक नपर्ने मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको जनाएको छ […]

के कोरोना खोप लगाउन नपाएका विद्यार्थीहरु परीक्षामा सामेल हुन पाउँछन्?

स्वास्थ्य मन्त्रालयले उमेर नपुगेर, कुनै स्वास्थ्य समस्या भएर वा अन्य कारणले खोप लगाउन नपाउने विद्यार्थीहरुले पनि कुनै बाधा बिना परीक्षा दिन पाउने स्पष्ट पारेको छ।

विदेश जानेहरुको लागि कोरोना खोप लगाउन तोकिए दुई अस्पताल

काठमाण्डौ – विदेश जाने श्रमिक वा विद्यार्थीहरुको लागि कोरोना विरुद्धकाे खोप लगाउन दुई वटा अस्पताल तोकिएका छन् । अब विदेश जानेहरुले काठमाण्डौमा रहेको नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य साथमा लिएर जानुपर्नेछ । पछिल्लो समय देशव्यापी खोप अभियान रोकिएकाले विदेश जानेहरुकै लागि भनेर मन्त्रालयले यी दुई अस्पताल तोकेको हो । खोप अभियान चलेको बेला आफू नजिक रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिन्थ्यो ।

भोलिदेखि पत्रकारले पनि कोरोना खोप लगाउन पाउने

काठमाडौं । नेपाल पत्रकार महासङ्घको पहलमा कोरोना खोप लगाउन छुटेका पत्रकारका लागि भोलि अर्थात् यही असार २९, ३० र ३१ गते खोप लगाउने व्यवस्था गरिएको छ । स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँमार्फत सशस्त्र प्रहरी अस्पताल बलम्बुमा खोप लगाउने व्यवस्था गरेको हो । महासङ्घको परिचयपत्र, सूचना विभागको परिचयपत्र वा महासङ्घ केन्द्रीय समितिको सिफारिसका आधारमा […]

भारतमा गर्भवतीलाई कोरोना खोप लगाउन अनुमति

कोरोना खोपबारे गठित भारतको राष्ट्रिय सल्लाहकार कमिटीले गर्भवतीलाई खोप लगाउन सकिने सिफारिस गरेपछि यहाँको स्वास्थ्य मन्त्रालयले पनि अनुमति दिएको हो।

३ वर्षमाथिका बालबालिकालाई कोरोना खोप लगाउन चीनको अनुमति

२५ जेठ, बेइजिङ । चीन सरकारले तीन वर्षमाथिका बालबालिकामा कोरोना विरुद्धको खोप लगाउन अनुमति दिएको छ । चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकका अनुसार तीन वर्षदेखि माथिका बालबालिकामा कोरोना खोपको प्रयोग गर्न त्यहाँको स्वास्थ्य विभागले अनुमति दिएको हो । कोरोनाको तेस्रो लहरले बालबालिका सबैभन्दा धेरै जोखिममा पर्ने प्रक्षेपण भइरहेका बेला चीनले गरेको यो निर्णयले केही आशाको […]

के महिनावारीको बेला कोरोना खोप लिनु सुरक्षित हुन्छ?

एजेन्सी। भारतमा महिनावारीको बेला कोरोना खोप लगाउन नहुने भन्ने एक सूचना ह्वाट्सएप ग्रुपमा चर्चामा छ। यसले धेरैलाई भ्रम सिर्जना गरेको छ। तर, चिकित्सकहरूले भने महिनावारीको समयमा खोप लगाउँदा कुनै असर नहुने बताएका छन्। भारतको नानावटी अस्पतालकी गायनोकोलोजी विभागकी डा. गायत्री देशपाण्डेले महिनावारीको समयमा खोप लगाउँदा कुनै समस्या नहुने बताइन्। भारतको स्वास्थ्य मन्त्रालयले समेत ढुक्क भएर खोप लगाउन आग्रह गरेको छ।

कुटनीतिक नियोगका कर्मचारीका लागि कोभिड खोप लगाउन चार दिन समय थपियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  पहिलो चरणमा परेर पनि कोरोना खोप लगाउन छुटेका कुटनीतिक नियोगहरुका कर्मचारीका लागि चार दिन  समय थप गरेको छ।

लक्षित समूहमै नपरेकाहरुलाई कोरोना खोप

२५ माघ, काठमाडौं । सरकारले सोमबारदेखि पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप लगाउन सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीहरुलाई खोप दिने निर्णय गरेको हो । त्यसका लागि तीन अस्पताल तोकिएको छ । जबकी मन्त्रालयले खोपका लागि तयार पारेको लक्षित समूहको पहिलो चरणको प्राथमिकतामा […]