नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका सदस्यहरुबाट मासिक जम्मा ३ लाख ८३ हजार रूपैयाँ लेबी उठाउने भएको छ । पार्टी केन्द्रीय पदाधिकारीको पुस ७ गते बसेको बैठकले जनही १२ हजार रूपैयाँका दरले ३२ सांसदबाट ३ लाख ८४ हजार रूपैयाँ लेबी उठाउने निर्णय गरेको हो । यस्तै संघीय संसदकै राष्ट्रियसभाका सांसदबाट माओवादी केन्द्रले थप १ लाख ८० हजार उठाउनेछ । राष्ट्रियसभामा माओवादी केन्द्रका १५ जना सांसद रहेका छन् । संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाबाट गरी माओवादी केन्द्रले मासिक ५ लाख ६४ हजार रूपैयाँ उठाउ