कास्की – नेपाली नयाँ वर्षको पहिलो दिन आज बिहीवार पोखराको तालबाराही र विन्ध्यवासिनीलगायतका मन्दिरमा दिनभर दर्शनार्थीको भिड लागेको छ । फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा दर्शन गर्नाका लागि कास्कीसहित छिमेकी जिल्लाबाट दर्शनार्थी मन्दिरमा दर्शन गर्न पोखरा आएका छन् ।
दर्शनका लागि फेवातालमा डुङ्गा चढेर तालबाराही मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीको दिनभर भिड लागिरह्याे । तालबाराही मन्दिर दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वासका कारण पनि वर्षैपिच्छे दर्शनार्थीकाे भिड लाग्ने गरेको तालबाराही व्यवस्थापन समितिको...