नयाँ वर्षको पहिलो दिन आज पोखराको तालबाराही र बिन्दबासिनी लगायतका विभिन्न मन्दिरहरूमा दिनभर दर्शनार्थीहरूको भिड लागेको छ । फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ कास्कीसहित छिमेकी जिल्लाहरूबाट दर्शनार्थीहरू ताल बाराही मन्दिरमा दर्शन गर्न पोखरा आएका छन् ।दर्शनका लागि फेवातालमा डुंगा चढेर ताल बाराही मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीको दिनभर भिड लागिरहेको छ । ताल बाराही मन्दिर दर्शन गर्नाले मानिसहरुले इच्छाएको मनोकांक्षा पूरा हुने पुरानो