चैत १०, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको करीब ३ घण्टाको अवधिमा दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
उक्त अवधिसम्ममा कारोबारमा आएका २२० ओटा धितोपत्रमध्ये राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत र इमर्जिङ्ग नेपाल लिमिटेडको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ८१९ र इमर्जिङ्ग नेपालको रू. ७६० पुगेको हो ।
यि दुवै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
त्यसैगरी, युनाइटेड इर्दी मार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य ८ दशमलव १९ प्रतिशत बढेर प्रतिकित्ता शेयरमूल्य रू. ९८० कायम भएको छ ।