काठमाडौं : जर्मन जायन्ट बायर्न म्युनिख बुन्डेसलिगा फुटबलको उपाधि नजिक पुगेको छ। गएराति भएको खेलमा बायर्नले अर्मिनिया बिलेफेल्डलाई ३–० ले हरायो। लिगमा चार खेल बाँकी हुँदा बायर्न दोस्रो स्थानको बोरुसिया डर्टमन्डभन्दा ९ अंकले अगाडी छ।बुन्डेसलिगाको उपाधिको होड आगामी शनिबार बायर्न र डर्टमन्डबीचको खेलबाट टुंगो लाग्नेछ। बायर्न गत बुधबार भियारियालसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो।बायर्नले गए राति जाकोब बेर्राट लाउर्सेनको आत्मघाती गोलबाट दशौँ मिनेटमा अग्रता लिएको थियो। प