लुम्बिनी प्रदेशको प्रमुख सचिवमा शर्मा नियुक्त, प्रमुख सचिव सुवेदी प्रधानमन्त्री कार्यालय तानिए

काठमाडौं। सरकारले भर्खरै सहसचिवबाट बढुवा भएका एक सचिवको पदस्थापनसँगै अर्का एक सचिवको सरुवा पनि गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवागर्दै लुम्बिनी प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरेको छ भने लुम्बिनीका प्रमुख सचिव भरतमणि सुवेदीलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्तमा राखेको छ । रिक्त रहेको एक सचिव बढुवा गर्नका लागि बुधबार बसेको […]

सम्बन्धित सामग्री

मरासिनी प्रधानमन्त्री कार्यालयमा तानिए

सरकारले सचिवहरूको सरुवा गरेको छ । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राखेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई जगेडामा राख्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ । उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लिराम शर्मालाई ल्याइएको छ । अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थ सचिव मरासिनी बिदामा बसेका थिए ।