तामाकोशीको मालुमा गोरेटो बाटोको धमाधम स्तरोन्नति

दोलखा– जिल्लाको तामाकोशी गाउँपालिका वडानम्बर-४ मालुले गाउँका पुराना गोरेटो बाटोको स्तरोन्नति गर्ने कार्य यस वर्षदेखि सुरु गरेको छ । वडाले यस वर्ष गाउँपालिकाको युवा स्वरोजगार कार्यक्रम तथा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा भित्र रहेका पुराना मूलबाटो तथा जोखिमयुक्त शाखा गोरेटो बाटोमा ढलान गर्न सुरु गरेको वडा अध्यक्ष सुरज खड्काले बताए । वडा अध्यक्ष खड्का अनुसार […]

सम्बन्धित सामग्री

रुकुमपश्चिमका सडक धमाधम स्तरोन्नति

त्रिवेणी (रुकुमपश्चिम)- राप्ती राजमार्गअन्तर्गत पर्ने रुकुमपश्चिमका विभिन्न सडकखण्ड धमाधम स्तरोन्नति गर्न थालिएका छन् । सडक स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको थियो । राप्ती राजमार्गअन्तर्गत पर्ने मुसीकोट नगरपालिका–४ सोलावङबाट मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने शीतलपोखरीसम्म सडक स्तोन्नति भएपछि आवतजावतमा सहज भएको ब...

रुकुमपश्चिमका सडक धमाधम स्तरोन्नति

राप्ती राजमार्गअन्तर्गत पर्ने रुकुमपश्चिमका विभिन्न सडकखण्ड धमाधम स्तरोन्नति गर्न थालिएका छन् । सडक स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको थियो ।

नागढुङ्गा–मुग्लिन सडक स्तरोन्नति हुँदै

सङ्घीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक वर्षामा पनि धमाधम स्तरोन्नति भइरहेको छ । सडक निर्माण भएको करिब ३० वर्षपछि पहिलो पटक स्तरोन्नति हुन लागेको हो । नागढङ्गादेखि मुग्लिनसम्म ९५ किलोमिटर सडकअन्तर्गत तीन चरणमा स्तरोन्नति भइरहेको छ । यसअघिका प्रत्येक वर्षमा सामान्य मर्मत भइरहेपनि जगैदेखि विस्तारको काम भने पहिलो …

नागढुङ्गा–मुग्लिन सडक स्तरोन्नति हुँदै

मलेखु (धादिङ), १० भदौ । सङ्घीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक वर्षामा पनि धमाधम स्तरोन्नति भइरहेको छ । सडक निर्माण भएको करिब ३० वर्षपछि पहिलो पटक स्तरोन्नति हुन लागेको हो । नागढङ्गादेखि मुग्लिनसम्म ९५ किलोमिटर सडकअन्तर्गत तीन चरणमा स्तरोन्नति भइरहेको छ । यसअघिका प्रत्येक वर्षमा सामान्य मर्मत भइरहेपनि […]

मालढुंगा–बेनी सडक निर्माण कार्य धमाधम

म्याग्दी र मुस्ताङसँंगै चीनको कोरलानाकासँंग जोडिने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गतको मालढुंगा–बेनी सडक खण्डको १३ किलोमिटर सडक स्तरोन्नति गर्ने काम धमाधम भएको छ । गतचैतमा ठैक्का सम्झौता गरेर काम अघि बढेको आयोजनामा निर्माण कम्पनीले कटिङ, रिटेनिङ वाल र कल्भर्ट निर्माण कामलाई तीव्रता दिएको छ ।गत २०७७ चैतमा ५२ करोड ८६ लाखमा ३१ हजार २ […]

बुटवल–नारायणगढ सडक: बल्ल समात्यो लय, धमाधम हुन थाल्यो काम

निर्माणाधीन बुटवल–नारायणगढ सडक विस्तारको कामले गति लिँदैछ । तिहार अघिसम्म सडक निर्माणको काम शून्यप्रायः थियो । साना–ठूला पुल, कल्भर्ट, नाली निर्माणदेखि सडक चौडा गर्ने काम अहिले धमाधम भइरहेको छ । भत्किएको २ लेनको सडकलाई ‘सिक्स’ र ‘फोर’ लेनमा विस्तारसहित स्तरोन्नति गरिँदैछ । पूर्वपश्चिम राजमार्गको मध्य खण्डमा पर्ने महत्त्वपूर्ण सडक विस्तार आयोजना कोरोना महामारी तथा ‘साइट क्लीयर’ र रूख कटानमा ढिलाइ हुँदा अगाडि बढ्न सकेको थिएन । कोरोनाको तेस्रो लहर तीव्र रूपमा फैलिए पनि अ...

जनकपुरका सडक धमाधम स्तरोन्नति

जनकपुरधाम । केही वर्षअघिसम्म अतिक्रमित र जीर्ण रहेका जनकपुरधाम उपमहानगर क्षेत्रको अधिकांश सडक धमाधम कालोपत्रे भइरहेका छन् । सोही कारण पछिल्लो समय जनकपुरधामको बजार क्षेत्रको स्वरुप फेरिएको छ ।      नगर क्षेत्रका अधिकांश मुख्य तथा सहायक सडक यतिबेला स्तरोन्नतिसँगै कालोपत्रे भएपछि स्वरुप फेरिएको हो । ‘दुई/तीन वर्ष अघिसम्म एकातिर नगर क्षेत्रका अधिकांश सडक अतिक्रमण परेका थिए भने अर्कातिर सडकमा ग्राभेल र खाल्डाखुल्डी भएर जीर्ण बनेका थिए’, जनकपुरधाम उपमहानगर–४ का श्यामकुमार साहले भने, ‘तर अस्थायी राजधानी बनेसँगै अहिले सडक फराकिलो र कालोपत्रे भएका छन्, यसकारण बल्ल प्रदेशको राजधानीबासी भएको आभास भइरहेको छ ।’ सडक स्तरोन्नतिसँगै कालोपत्रे भएकाले आउजाउ सहज मात्र होइन, नगर क्षेत्रको सौन्दर्यसमेत बढेको उनको भनाइ छ । सडक हिलाम्मे र धुलाम्मे भएका कारण ठूलो सास्ती भोगेको सुनाउँदै जनकपुरधाम उपमहानगर– ४ का विजय यादवले भने, ‘एकपटक करिब तीन वर्षअघि वर्षायामका बेला बाटोमा हिलो जमेको थियो । त्यसमा लडेर घाइतेसमेत भएको थिएँ ।’ वर्षा लागेपछि नगर क्षेत्रका बाटोमा हिँड्न पनि समस्या हुन्थ्यो तर अहिले सडक चिल्ला भएकाले कुनै बेला पनि सहजै हिँड्नसक्ने अवस्था भइसकेको छ ।     ‘सडक साँघुरो र जीर्ण हुँदा कदम चोकबाट रमानन्द चोकसम्म एक घन्टासम्म लाग्थ्यो तर अहिले मुस्किलले १० मिनेट पनि लाग्दैन’, यादवले भने, ‘पहिला सडकको दुरवस्थाका कारण बाहिरी जिल्लाबाट आउने मानिस पुनःजनकपुर आउन चाहँदैनथे तर अहिले सडक सफा र बजार फराकिलो भएपछि बाहिर जिल्लाबाट मानिस आउने क्रम ह्वात्तै बढेको छ ।’ यसबाट जनकपुरधाममा सौन्दर्य बढ्नुका साथै पर्यटन प्रवर्द्धनमा ठूलो फाइदा पुगेको उनको अनुभव छ ।  केही वर्षअघिसम्म अतिक्रमणको चपेटामा पर्दै गएको जानकी चोक, राम चोक, पेठिया बजार, कदम चौक, मुरली चौक, तिरहुतिया गाछी, निधि मार्गलगायतका स्थानमा सडक फराकिलोसँगै कालोपत्रे भएका छन् ।  दुई वर्षको अवधिमा संघीय आयोजना कार्यान्वयन इकाइ धनुषाले जनकपुरधाम उपमहानगरका विभिन्न वडाका मुख्य र सहायक गरी १६ किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ ।       सघन सहरी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ७६/०७७ देखि हालसम्म जनकपुरधाम नगर क्षेत्रका विभिन्न वडाका १६ किलोमिटर सडक कालोपत्रे गरिसकेको संघीय आयोजना कार्यान्वयन इकाइ धनुषाका सूचना अधिकारी लक्ष्मण यादवले जानकारी दिए ।      ‘अस्थायी राजधानी भइसकेपछि एडिबी र हामीले जनकपुरधाम नगरपालिका क्षेत्रमा नाला निर्माण र सडक स्तरोन्नतिको काम थालेका हौं’, सूचना अधिकारी यादवले भने, ‘एडिबीले मुख्य सडकमा नाला निर्माण र सडकको काम गर्‍यो ।  हामीले राम चोकदेखि कदम चोक, निधि मार्गलगायतका मुख्य तथा सहायक मार्गमा कालोपत्रेको काम गरेका छौं ।’       जनकपुरधाम उपमहानगर, क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरलगायतका स्थानमा सडक स्तरोन्नतिको काम भइरहेको र जनकपुरधामस्थित बागवानीभन्दा पूर्वतर्फको बाटो, पर्शुराम तलाउ क्षेत्र, लक्ष्मीनिया गाउँपालिकाको सिनरजोडातर्फको बाटो तथा हंशपुरमा बाटो निर्माण भइरहेको उनले जानकारी दिए । रासस

क्वारेन्टिन स्तरोन्नति गरि रसुवामा ५६ बेडकोे आइसोलेसन बन्दै

रसुवामा कोरोना भाइरसको पहिलो लहरमा बनाइएका क्वारेन्टिनलाई स्तरोन्नति गरि आइसोलेनमा रुपान्तरण गर्न थालिएको छ ।  जिल्लास्थित स्थानीय तहमा  निर्माण भएका क्वारेन्टिन सेन्टरलाई अहिले धमाधम सुविधाजनक आइसोलेनमा रुपान्तरण गर्न थालिएको हो...

ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार

काठमाडौँ / मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) ले ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार र स्तरोन्नति गरिरहेको छ । देशभरका ठूला आन्तरिक विमानस्थलको गुरुयोजना बनाइ योजनाबद्ध रुपमा विकास तथा विस्तार गर्ने नीति लिएको क्यानले सोहीअनुरुप झापाको चन्द्रगढी, मोरङ्को विराटनगर, सप्तरीको राजविराज, बाँकेको नेपालगञ्ज तथा कैलालीको... The post ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार appeared first on Purbeli News.