पर्सा – सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको कार्यान्वयनमा वीरगञ्जका उद्योगी व्यापारीहरुले चिन्ता व्यक्त गरेका छन् ।
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा सरकारले सबै क्षेत्रलाई समेटेको भए पनि बजेटको कार्यान्वयन गर्न सक्ने वा नसक्ने भन्नेमा चुनौती रहेको उनीहरको धारणा छ । सरकारले जेठ १५ गते आगामी वर्षका लागि बजेट सार्वजनिक गरेको थियो । नयाँ बजेट उद्योगी–व्यवसाय क्षेत्रका लागि राम्रो भएपनि कार्यान्वयन हुनेमा ढुक्क नरहेको उनीहरूको प्रतिक्रिया छ ।
उद्योग वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष गणेश लाठले...