केही दिनदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल भासिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ जोड्ने झोलुङ्गे पुल बिहीबार राति आएको बाढीले भासिएको हो । बाढीले तनहुँ तर्फको पुलको भाग भासिएर नदीमा पुगेको छ । आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले दुई जिल्ला जोड्ने पुल भासिएपछि वारपार गर्न समस्या भएको जानकारी दिए । यही पुल हुँदै गोरखास्थित अकला मन्दिरमा भक्तजन आउने गर्दथे
मर्स्याङदी नदीमा आएको बाढीले तनहुँ र गोरखा जोड्ने झोलुङ्गे पुल भत्किएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ को एक्लेफाँट र गोरखाको गोरखा नगरपालिका–४ गोप्लिङ्ग जोड्ने पुल भत्किएको आँबुखैरेनी गाउँपालिका –२ का वडाध्यक्ष कटकबहादुर थापाले जानकारी दिनुभयो ।
पुल भत्किए पछि त्यस क्षेत्रमा करीव १० हजार जनालाई आवतजावतको लागि समस्या परेको वडाध्यक्ष थापाले बताउनुभयो । पुल ६ वर्ष अघि निर्माण गरिएको दुई साता अघि आएको बाढीले पुलको संरचनामा नोक्सान पु-याएको बिहीबार साँझ पूर्ण रुपमा भत्किएको वडाध्यक्ष थापाले बताउनुभयो । ‘‘पुलको भत्किएपछि ७५ प्रतिशत भाग पानीमा डुवेकोले आवतजावत बन्द भएको छ’’ वडाध्यक्ष थापाले भन्नुभयो । तनहूँको, एक्लेफाँट, बराँदी, अकला, गोरखाको गोप्लिङ, गोर्वुङ, सलाङगिरी र धार्मिकस्थल अकला मन्दिरमा आउने भक्तजन लगायतका स्थानीय आउजाउ गर्ने पुल भएको र गण्डकी प्रदेश सरकारलाई निर्माण पहल गरिएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।
काठमाडौं । अविरल वर्षका कारण मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । गोरखा नगरपालिका १४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका २ एक्लेफाँट जोड्ने झोलुङ्गे पुल भत्किएर नदीमा डुबेको छ । यो पुलबाट गोरखातर्फ रहेको गोप्लिङ, गोर्वुङ, लाङगिरीलगायतका स्थानीय आउजाउ गर्थे ।
गोरखा - मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्किएको छ ।
गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरेनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल भत्किएपछि आवतजावतमा समस्या भएको छ । तनहुँतर्फको भाग भत्किएर झोलुङ्गे पुलको केही भाग नदीमा डुबेको छ ।
आवतजावत बन्द भएपछि तनहुँबाट गोरखातर्फ जानका लागि र गोरखाबाट तनहुँतर्फ आउनका लागि लामो बाटो हिँड्नु पर्ने बाध्यता छ । यसैगरी गोरखाको पालुङटार नगरपालिका वडा नम्बर २ मा रहेको ढुन्डुरे खोलामा आएको बाढीले मोटरेबल पुल जोखिममा परेको प्र...
१८ असार, गोरखा । अविरल वर्षका कारण मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । गोरखा नगरपालिका-१४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका-२ एक्लेफाँट जोड्ने झोलुङ्गे पुल भत्किएर नदीमा डुबेको छ । ‘तनहुँको एक्लेफाँटतर्फ जिप राखेको जमीन भासिएर पुलको दुवै पोल नदिमा पुगेको छ’ गोरखा नगरपालिका वडानम्बर १४ का अध्यक्ष […]
गण्डकी प्रदेशमा घण्टौ हिँड्नुपर्ने, तुईन र फड्केको सहायतामा नदी तथा खोल्सा वारवार गर्ने स्थानमा झोलुङ्गे पुल निर्माणको कामलाई तीव्रता दिइएको छ । पहाडी भूभाग र थुप्रै नदीनाला रहेको गण्डकी प्रदेशका नदी वारपारका लागि निर्माण गरिएका तुईन तथा फड्के विस्थापित तथा एक ठाउँदेखि अर्को ठाउँमा पुग्न घण्टौ हिड्नुपर्ने अवस्थामा रहेको खोल्सामा झोलुङ्गे पुल निर्माणलाई तीव्रता दिइएको हो ।
लामो तथा जटिल प्रकृतिका झोलुङ्गे पुल संघीय सरकारअन्र्तगतको सस्पेन्शन ब्रिज डिभिजन, मझौला प्रकारका पुल गण्डकी प्रदेश सरकारअन्र्तगतको पूर्वाधार विकास निर्देशनालय तथा साना प्रकारका पुल स्थानीय तहले निर्माण गरिरहेका छन् । संघीय सरकारको तुईन विस्थापित अभियानअन्र्तगत गोरखा तथा तनहुँ जिल्लाका दरौदी, त्रिशुली र कालीगण्डकी नदीमा रहेका ८ वटा तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण भएका थिए ।
सस्पेन्शन ब्रिज डिभिजन कार्यालयले गण्डकी प्रदेशमा ६६ पुलहरु निर्माणको चरणमा रहेको र २५ वटा नयाँ स्वीकृत भई निर्माणको चरणमा रहेको डिभिजन कार्यालयले जनाएको छ । देशभर विभिन्न दातृ निकायको सहयोगमा लामो तथा जटिल प्रकृतिका पुलहरु निर्माण गर्ने भएपनि मझौला प्रकारका पुलहरु प्रदेश सरकारले निर्माण गर्दै आइरहेको गण्डकी प्रदेशको पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । निर्माण प्रक्रियामा रहेका १११ पुल मध्य दुई वटा सम्पन्न, ४३ निर्माणको चरणमा र ६३ वटा डिपिआरको तयारीमा रहेका छन् ।
गण्डकी प्रदेश सरकारले आवश्यक ठाउँमा झोलुङ्गे पुल निर्माणकालागि प्रस्ताव आव्हान गरेपछि हालसम्म ११५ वटा पुलको सम्भाव्य अध्ययन सुरु गरिएको श्रेष्ठले बताउनुभयो । गण्डकी प्रदेशमा ३७ करोड दुई लाख ३५ हजार रुपियाँ र सम्भाव्य अध्ययनका लागि चार करोड ६० लाख रुपियाँ बजेट व्यवस्थापन गरिएको थियो । संघ तथा प्रदेश सरकार बाहेक स्थानीय तहले आवश्यक ठाउँमा उपभोक्ता समिति गठन गरेर पुल निर्माण गर्ने गरेको श्रेष्ठले बताउनुभयो ।
बागलुङमा थप ३० निर्माणाधिन