जुम्लामा जुस उद्योग संचालन

जुम्ला सदरमुकामस्थित गुठिचौर गाउँपालिकामा जुस उद्योग निर्माण हुने भएको छ । जुम्लामा पाइने स्याउ, आरु नास्पातीलगायतका फलफूलबाट जुस उत्पादन गर्ने लक्ष्यका साथ निधार डाँडामा जुस उद्योग निर्माण हुन लागेको हो ।कोरोना कहरकैबीच बुधबार गुठिचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले जुस उद्योगको शिलान्यास गरेका छन् । ग्रामीण क्षेत्रमा उत्पादन हुने फलफूलबाट उत्पादन हुने जुसको बजारीकरण गर्ने लक्ष्यका […]

सम्बन्धित सामग्री

शीतभण्डार र जुस उद्योग प्रयोगविहीन

सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–४, दोभानटारमा एक दशकअघि निर्माण गरिएको जुनार शीतभण्डार र जुस उद्योग प्रयोगविहीन अवस्थामा रहेका छन् । सम्बन्धित निकायको बेवास्ताका कारण जापानी दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको जुनार शीतभण्डार र नेपाल सरकारको सार्वजनिक निजी साझेदारीको मोडेलमा जुस उद्योग वर्षौंदेखि निर्माणाधीन छ ।

शितभण्डार र जुस उद्योग प्रयोगविहीन

सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–४ दोभानटारमा एक दशकअघि निर्माण गरिएको जुनार शितभण्डार र जुस उद्योग प्रयोगविहीन अवस्थामा छ ।

चितवनमा रहेको एक जुस उद्योगमा आगलागी

काठमाण्डाै - चितवनमा रहेको जुस उद्योग युनाइटेड बेभरेज प्रालिमा आगलागी भएको छ । रत्ननगर नगरपालिका–१० को कैलाश टोलमा रहेको उद्योगमा बिहान आगलागी भएको हो । प्रालिको उत्पादन पल्पी जुसको कच्चा पदार्थ रहेको उद्योगमा बिहान ४ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । उद्योग मर्मतका क्रममा रहेकाले उत्पादित वस्तु नरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिनुभयो । आगो के कारणले लागेको भन्ने खुल्न सकेको छैन । आगो निभाउने काम भइरहेको उहाँले बताउनुभयो । आगो निभिसके...

उद्योग र अर्थतन्त्रको अन्तरसम्बन्ध

उद्योग र अर्थतन्त्र एकअर्कामा परिपूरक हुन् । जुन देशको उद्योग फस्टाएको हुन्छ त्यो देशको अर्थतन्त्र पनि बलियो हुन्छ । उद्योगको विकास र विस्तारले रोजगारी वृद्धि गर्छ भने उत्पादनसमेत बढाउँछ । बढ्दो बेरोजगारीको समस्यालाई समाधान गर्न पनि उद्योगको आवश्यकता हुन्छ । उद्योगको विकासले गर्दा कुल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ त्यसैले उद्योग नै अर्थतन्त्रको मेरूदण्ड हो । हाम्रो देशमा पनि विभिन्न प्रकारका स्रोत र साधन उपलब्ध छन् । तिनको उपयोग गरी विभिन्न वस्तुको उत्पादन गर्न सकिन्छ । हालसम्म भएका विभिन्न उद्योगलाई वर्गीकरण गरी तिनको महत्त्वलाई स्पष्ट पार्न सकिन्छ । उत्पादनमूलक उद्योगअन्तर्गत कोरा वस्तु वा अर्धप्रशोधित वस्तु वा खेर गइरहेको मालसामानको उपयोग वा प्रशोधन गरी उपयोगी सामानको निर्माण गर्ने व्यवसायहरू पर्छन् । धूपबत्ती उद्योग, चुरोट उद्योग, माटाका भाडा बनाउने उद्योग आदिलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । ऊर्जामूलक उद्योगअन्तर्गत ऊर्जा उत्पादनसँग सम्बद्ध कार्यहरू तथा तिनको सञ्चालन गर्ने तरीकाहरू पर्छन् । बायोग्यास, सौर्यशक्ति, वायुऊर्जासम्बन्धी कार्य, जल उत्पादन आदिलाई यसअन्तर्गत लिइन्छ । कृषि तथा वनजन्य उद्योग अन्तर्गत कृषि तथा वन सम्पदामा आधारित उद्योग व्यवसायहरू रहन्छन् । रेसम उत्पादन, फलफूल प्रशोधन, जडीबुटी खेती तथा प्रशोधन, तरकारी प्रशोधन, मह उत्पादन, कफीखेती तथा प्रशोधन, चिया उत्पादन आदिलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । खनिज उद्योग अन्तर्गत खोजी उत्खनन तथा खनिज सम्पदाको प्रशोधन र तिनमा आधारित उद्योग व्यवसायहरू पर्छन् । धातुका भाँडावर्तन उद्योग, खुकुरी, हँसिया उत्पादन आदिलाई लिन सकिन्छ । पर्यटन उद्योगअन्तर्गत पर्यटन व्यवसायलाई सहयोग पुग्ने सबै व्यवसायलाई राखिन्छ । पर्यटन आवास, होटेल, मोटेल, रेस्टुराँ, रिसर्ट, पर्यटन क्षेत्रका यातायात, ट्रेकिङ व्यवसाय, हट एयर बेलुन आदि यसका उदाहरणमा पर्छन् । सेवा उद्योग भित्र सेवासम्बन्धी व्यवसायलाई टेवा पुग्ने सबै व्यवसायलाई राखिन्छ । छापाखाना, परामर्श सेवा, निर्माण व्यवसाय, परिवहन, अस्पताल, शिक्षण संस्था, प्रशिक्षण संस्थान आदिलाई यसमा समेटिन्छ । निर्माण उद्योग अन्तर्गत विभिन्न खालका निर्माण कार्य पर्छन् । सडक, पुल, भवन आदिको निर्माण तथा मर्मतसम्बन्धी कार्यलाई यसमा राखिन्छ । आजको हाम्रो वास्तविकतालाई हेर्ने हो भने न्यून उत्पादकत्वको अवस्थामा मात्र उद्योगहरू चलेको अवस्था छ । स्थानीय शीप, क्षमता, कच्चा पदार्थ, पूँजी आदिको अभावजस्ता समस्याले गर्दा उद्योगहरूको उत्पादन ज्यादा न्यून रहेको देखिन्छ । कतिपय ग्रामीण उद्योगको त लागत पनि नउठ्ने अवस्था रहेको छ । हाम्रो उद्योगहरूका समस्या भनेको पछौटेपन र परम्परागत प्रविधिको प्रयोग नै हो । यसले गर्दा गुणस्तरीय वस्तुहरूको उत्पादन हुन सक्दैन । बजारको मागअनुसार वस्तुको उत्पादन गर्न नसक्दा उद्योगले थप समस्याको सामना गर्नु परिरहेको छ । हाम्रा उद्योगहरूबाट उत्पादित वस्तु स्थानीय बजारकेन्द्रित देखिन्छ । गुणस्तरीय वस्तु उत्पादन गर्दै विश्व बजारमा खपत हुने सामान उत्पादनमा जोड दिनुपर्छ । देशमा रोजगारीको अवसर कम भएको अवस्थामा उद्योगको विकास र विस्तारमा अझ प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ ।   कृषि बालीको उत्पादन जुनसुकै भागमा हुन सक्ने भएकाले यसमा आधारित उद्योग व्यवसाय सञ्चालन गर्न सकिन्छ । एकल वा मिश्रित रूपमा देशका सबैजसो भागमा उत्पादन गर्न सकिने कृषि बाली घरायसी प्रयोजनका हिसाबले मात्र उत्पादन हुने गरेको देखिन्छ । यसलाई व्यावसायिक रूपले उत्पादन गरी पर्याप्त लाभ लिन सकिन्छ । हाम्रो धरातलीय स्वरूपअनुसारका विभिन्न प्रकारका पशुपन्छी पाले त्यसवाट मासु, दूध, घिउ, चिज, पनिर, ऊन, छाला, हाड आदिबाट विभिन्न उद्योग सञ्चालन गरी प्रशस्त फाइदा लिन सकिन्छ । हावापानीको विविधताअनुसार विभिन्न प्रकारका फलफूल उत्पादन गरी त्यसवाट जुस उद्योग सञ्चालन गर्न सकिन्छ । यदि हामीले नै प्रशस्त मात्रामा उत्पादन गर्न सक्ने हो भने व्यापारघाटा कम गर्न सकिन्छ भने विदेशिने पूँजीको बचत समेत हुन्छ । उद्योगको स्थापनाबाट स्थानीय आवश्यकता पूरा गर्न सकिन्छ भने स्थानीय स्रोत र साधनको उपयोग गरी रोजगारीको प्रबन्ध गर्न सकिन्छ ।  यसबाट आयातमा कमी आउँछ भने व्यापार घाटा पनि कम गर्न सकिन्छ जसले आर्थिक विकासमा समेत टेवा पुग्छ । उद्योगको विकासले गरीबी निवारण गर्न ठूलो सहयोग पुग्छ भने समग्र विकासमा पनि सहयोग हुन्छ । उद्योग नै त्यस्तो महत्त्वपूर्ण क्षेत्र हो जसले धरै मानिसलाई एकैपटक रोजगारी दिलाउँछ । बढ्दो बेरोजगारीलाई कम गर्न उद्योगको विकास र विस्तार गर्नु जरुरी हुन्छ । देशमा पहिले उच्च क्षमतामा चलेका र हाल विभिन्न कारणले बन्द उद्योगहरूलाई पुनः सञ्चालन गरी रोजगारी सृजना गर्नुपर्ने देखिन्छ । देश विकासको सूचकमा उद्योगलाई मुख्य मानिन्छ । उद्योगको बहुआयामिक फाइदालाई मनन गरी हरेक उपायहरूको अवलम्बन गर्दै उद्योग स्थापनामा ध्यान दिनुपर्छ । देशमा उद्योग स्थापना गर्न समसामयिक उद्योग नीति निर्माण गर्नुपर्छ । उद्योग मैत्री वातावरणको सृजना गरी पूँजीपति वर्गलाई उद्योगको स्थापनामा आकर्षित गर्न सक्नुपर्छ । लगानीको सुनिश्चितता गर्न बन्दहडताल नगर्ने, अनावश्यक माग राखेर काममा अवरोध सृजना गर्न नदिने नियमको व्यवस्था गर्नुपर्छ । साथै, औद्योगिक ऋणको व्यवस्था, राजनीतिक स्थिरता र प्रभावकारी औद्योगिक नीति पनि आवश्यक हुन्छ । स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गर्दै आगामी दिनमा प्रभावकारी योजनाका साथ अगाडि बढ्नुपर्ने देखिन्छ । लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

१५ लाखको लागतमा गुठिचौरमा जुस उद्योग स्थापना हुँदै

वैशाख १७, जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले जुस उद्योग स्थापना गर्ने भएको छ । जिल्लामा पाइने स्याउ, आरु नासपती लगायतका फलफूलबाट जुस उत्पादन गर्ने लक्ष्यका साथ गाउँपालिकाको–३ स्थित निधार डाँडामा जुस उद्योग स्थापना हुने भएको छ ।  ग्रामीण क्षेत्रमा उत्पादन हुने फलफूलबाट उत्पादन हुने जुसको बजारीकरण गर्ने लक्ष्यका साथ गाउँमै जुस उद्योग निर्माण गर्न लागिएको अध्यक्ष भण्डारीले बताए । असार अन्तिम सातादेखि सञ्चालनमा आउने गरी उद्योगको निर्माण हुने र कोरोना कहरले रोजगारी गुमाएका स्थानीय युवाले निर्माण कार्यमा सहभागी भएर रोजीरोटी समेत जुटाउने अध्यक्ष भण्डारीले बताए ।  करीब १५ लाखको लगानीमा निर्माण हुने उद्योगमा ३० प्रतिशत स्थानीय सहकारीको लगानी हुने छ भने बाँकी ७० प्रतिशत बजेट कृषि विकास कार्यालयले लगानी गर्ने गाउँपालिकाले जानकारी दिएको छ ।  उद्योगबाट उत्पादित सबै वस्तुको बजारीकरणमा स्थानीय तहबाट सहजीकरण हुने र गाउँमै सडक पुगिसकेको तथा नेपालका विभिन्न बजारमा माग अनुसार विक्री गर्न आवश्यकता अनुसार पालिकाले समन्वय गर्ने भएको छ । कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले समूह सरकारी साझेदारी मोडेल अन्तर्गत जुस उद्योगको निर्माण भइरहेको बताए । बाहिरी बजारमा जुम्ली अर्गानिक फलफूलको जुसको माग बढिरहेकोले उत्पादित बस्तुको बजारीकरणमा समस्या नहुने समेत कृषि विज्ञको भनाइ छ । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास कार्यालय जुम्लाको चालू आर्थिक वर्षको स्वीकृत समूह सरकारी साझेदारी कार्यक्रम अन्तरगत १५ लाखको लगानीमा गुठिचौरमा जुस उद्योग बन्न लागेको हो । रासस

लालीगुराँस नफुलेपछि संकटमा जुस उद्योग

सल्यान : पाखामा लटरम्प फुल्ने लालीगुराँस यस वर्ष नफुलेपछि लालीगुराँसबाट बनाइने जुस उत्पादनमा गिरावट आएको छ। पहाडी फलफूल संरक्षण तथा प्रशोधन उद्योगका सञ्चालक तेजबहादुर थापाका अनुसार यो वर्ष वनमा गुराँस नफुलेपछि जुस उत्पादनमा कमी आएको छ। ‘यो वर्ष कच्चा पदार्थ नै उत्पादन भएन‚' उनले भने‚ 'गत वर्षको केही स्टक फूल थियो। त्यही स्टक फूलबाट अहिले जुस बनाई रहेका छौं।’ विगतका वर्षहरुमा जुस उत्पादनबाट राम्रो आम्दानी भए पनि यो वर्ष भने उत्पादन नहुँदा आम्दानी घटेको थापाले बताए। कपुरकोट गाउँप...

बेल जुसको माग बढ्दो

धार्मिक तथा आयुर्वेदिक क्षेत्रमा प्रयोग हुँदै आएको बेल तनहुँ जिल्लाका केही सामुदायिक वनको आयआर्जनको माध्यम बनेको छ । जिल्ला स्थित म्याग्दे गाउँपालिका १, २ र ३ मा रहेका ६ वटा सामुदायिक वनका उपभोक्ता समूह मिलेर बेल जुस उद्योग स्थापना गरेपछि बेलबाट राम्रो आम्दानी हुन थालेको हो ।