कांग्रेसका नेता जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

काठमाण्डाै - पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बिहान जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताउनु भएको हो । उहाँले उपचाररत जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । गएको फागुन १४ गते मस्तिष्कघात भएर नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। जोशीको स्वास्थ्यमा सुधार आउन...