प्रदेश २ मा प्रचण्ड नेपाल पक्षका ६१ जना परे पक्राउ, गम्भीर घाइते चार जना नेता काठमाडौं रेफर

जनकपुर । प्रदेश नम्बर २ मा  आमहडतालको क्रममा नेकपाको प्रचण्ड माधव पक्षका ६१ जना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमध्ये सिरहामा पक्राउ परेका आन्दोलनकारी बाहेक अन्य जिल्लामा भने साँझसम्म रिहा गरेको प्रहरीले जनाएको छ ।प्रदर्शनसहित पसल बन्द गराउँदै हिडेका ६१ प्रदर्शनकारीलाई पक्राउ गरि नियन्त्रणमा लिइएको थियो । प्रदेश २ प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पर्सामा ३१, धनुषामा ११, महोत्तरीमा ५, रौतहटमा ६, बारामा ८ र सिरहामा २ जनालाई नियन्त्रणमा लिइएको थियो ।प्रदेश २

सम्बन्धित सामग्री

धनुषामा टिपरको ठक्करबाट बालकको मृत्यु, बालिका गम्भीर घाइते

१८ वैशाख, जनकपुरधाम । धनुषामा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । एक बालिका गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर सिर्काटोलका ७ वर्षीय रियान्स कुमार दनुवार छन् । सोमबार दिउँसो विद्यालयबाट घर फर्किरहेका बालक र बालिकालाई प्रदेश–२–०३–००१ क १६२१ नम्बरको टिपरले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । टिपरको […]

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा दुईको मृत्यु, एक गम्भीर

चन्द्रपुर निजगढस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको बीचमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।  राजमार्गमा बिग्रिएर रोकिराखेको प्रदेश २ -०३-००१ ख ४२२९ नम्बरको ट्रकमा प्रदेश २-०३-००९ प ३९४३ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका–३ सिमरीका वर्ष २६ का भुवन पहाडी र मोटरसाइकलमा सवार सोही ठाउँका वर्ष २७ को रीत बहादुरको घटनास्थलमै मृत्यु भएको

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

१४ मंसिर हेटौंडा । मकवानपुरको बकैया–३ हात्तिसुढेमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका श्रीपुरका ३० वर्षीय श्याम लामाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । मंगलबार राति हात्तिसुढेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २ ०३ ०१८ […]

सर्लाहीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाहीको हरिवन नगरपालिका–४ लखन्देही पुल नजिक हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतक अन्दाजी ३२ वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सरस्वती अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश २–०३–००१ च १९२४ नम्बरको जिपले हिजो साँझ सवा ६ बजे ज ५ प ७६५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुबै सवारी साधन र जिप चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।न्युज कारखाना

सप्तरीमा मोटरसाइकल दुर्घटना, एक महिलाको मृत्यु

सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा आज मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।  पूर्व पश्चिम राजमार्गमा प्रदेश २ ०१ ००२ प ३९९३ नम्बरको मोटरसाइकल सडकमा रहेको कुकुरलाई बचाउने क्रममा आज बिहान साढे ८ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सप्तरीकै बोदेवर्साइन नगरपालिका–२ की ४५ वर्षीया अञ्जना देवी यादवलाई अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए ।  मोटरसाइकल चालक तथा अञ्जनाका श्रीमान भने सकुशल रहेको सप्तरी

सिराहामा ट्रयाक्टरबाट खस्दा किशोरको मृत्यु

सिराहा- सिराहाको गोलबजार नगरपालिका–६ लभटोलीमा हिजो साँझ ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १६ वर्षीय रामरिजन सदाय रहेका छन् ।  ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गोलबजार स्थित लौङ लाईफ अस्पतालमा मृत्यु भएको हो ।  प्रदेश २–०१–००१ त ०६७५ नम्बरको ट्याक्टरमा सवार सदाय हिजो साँझ ५ बजे ट्रयाक्टरबाट […]

झापामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

झापाको बाह्रदशी गाँउपालिका–३ चारपाने राजगढमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानिय १९ वर्षीय दिपेश विष्ट रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा राती पौने १ बजे मृत्यु भएको हो । विष्टले चलाएको प्रदेश २–०३—१९ प १८ ६४ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे बिजुलीको पोलमा ठोकिएको ईलाका प्रहरी कार्यालय राजगढ झापाले जनाएको छ ।

म्याजिकको ठक्करबाट एकको मृत्यु, एक जना घाइते

रौतहटको गौर–चन्द्रनिगाहपुर खण्ड अन्र्तगत चन्द्रपुर नगरपालिका ८ बसन्तपुरमा बिहीबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । डुमरियाबाट चन्द्रनिगाहपुरतर्फ तीव्र गतिमा जाँदै गरेको प्रदेश २–०३–००१ ज १९७ नम्बरको म्याजिकले विपरीत दिशाबाट आउँदै गरेको बा ४५ प २२४३ नम्बरको स्कुटी र साईकलाई ठक्कर दिँदा स्कुटी चालक रौतहट बृन्दावन नगरपालिका ९ भुसाह बस्ने ६० वर्षीय जनहिर पासवानको मृत्यु भएको हो ।स्कुटीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको म्याजिकले नजिक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिराहाको सिराहा नगरपालिका–११ पदमपुरमा मंगलबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । सिराहा–चोहर्वा सडकखण्डमा मंगलबार बेलुकी ८ बजे नम्बर नखुलेको सवारी साधनले प्रदेश २–०१–००१प ६० ३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सिराहकै कल्याणपुर नगर्पालीका–९ डुमरीका ३४ बर्षीय लालु यादवको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते

हात्तीको आक्रमणमा परी महिलाले गुमाइन ज्यान, एकजना घाइते

वीरगंज : जंगली हात्तीको आक्रमणमा परी प्रदेश २ को सर्लाही जिल्लामा फेरि एक जनाको ज्यान गएको छ।  ज्यान गुमाउनेमा हरिवन नगरपालिका – ४ की ६२ वर्षीया तेतरी खातुन रहेकी छिन्। उनलाई आज बिहान २ बजे हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो।  गाउँकै आभाष रायको घरमा विवाह हेर्न जाने क्रममा…