दाङको तुलसीपुरकी २४ वर्षीया सुनिता नेपाली सुकेधारामा होस्टल बसेर त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्नातकोत्तर गर्दैछिन् । दृष्टिसम्बन्धी अपांगता भएकी उनी पढाइमा अब्बल छिन् । कलेज जान भने उनलाई निकै सास्ती छ । बाटोमा हिँड्दाहिँड्दै फुटपाथ सकिन्छ ।कहिले बिजुलीको खम्बामा टाउको ठोकिन्छ । सेतो छडी टेकेर हिँडिरहेको देखे पनि जेब्रा क्रसिङमा गाडीले बाटो दिँदैनन् । कहिलेकाहीँ लडेर, गाडीले हानेर घाइते पनि भएकी छन् ।