सामान्य झरी पर्दा पनि धनगढी डुबानमा परेका तस्बिरहरूले सामाजिक सञ्जाल भरिन्छन्। बस्तीमा पसेको बाढीले निकास नपाउँदा घरभित्रै पानी छिरेको तस्बिर र भिडियो फेसबुक, ट्विटर, टिकटकलगायतमा बग्रेल्ती भेटिन्छन्।...
सुदूरपश्चिमकै प्रमुख व्यापारिक तथा राजनीतिक केन्द्र रहेको धनगढी विगत ३८ वर्षदेखि डुबानको चपेटामा परेको छ। हरेक वर्ष वर्षात्मा धनगढीका १९ वटै वडाका ७५ टोल डुबानमा पर्ने गरेका छन्।...