सुदूरपश्चिम प्रदेशसभा : चार वर्षमा ५६ कानून निर्माण

धनगढी । सुदूरपश्चिम प्रदेशसभाले काम थालेको शुक्रवार चार वर्ष पूरा भएको छ । संविधानअनुसार प्रदेशस्तरमा प्रदेश व्यवस्थापिकाको भूमिका निर्वाह गरिरहेको प्रदेशसभा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्त्वपूर्ण संस्था हो । यसले तोकिएको विधिका माध्यमबाट शासन प्रणाली सञ्चालनका लागि नीति र कानून निर्माण गर्ने, सरकार गठन गरी सरकारका कामको निगरानी गर्ने, बजेट पास गर्नेजस्ता कार्य गर्ने गर्दछ । प्रदेशसभाले काम गरेको गत चार वर्षको अवधिमा विभिन्न ५६ ओटा कानून निर्माण गरिसकेको छ । बनेका कतिपय कानूनको संशोधन पनि गरिएको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने कानून भने पर्याप्तरूपमा बन्न अझँ बाँकी छन् । प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले बनेका कानूनमध्ये कतिपय स्थानीय तह र प्रदेशसभाको संरचनासँग सम्बन्धित र अन्य कतिपय जनताको सेवासँग सम्बन्धित रहेको बताए । प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८, प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलगायत चारओटा विधेयक प्रदेशसभामा लामो समयदेखि विचाराधीन छन् । संघीय कानूनसँग नबाझिने गरी ऐन बनाउनुपर्ने अवस्थामा प्रदेश तहमा बन्नुपर्ने अति आवश्यक केही कानून अझै बन्न सकेको छैन । साझा अधिकारका विषयअन्तर्गत संघमा कानून बन्न ढिलाइ भइरहँदा प्रदेश तहमा यस्ता ऐन बन्न ढिलाइ भएको हो ।   बनेका कानून कार्यान्वयनको अवस्था फितलो देखिने गरेको टिप्पणी प्रदेशसभाका सदस्यको छ । सरकारको क्रियाशीलताले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत र सुदृढ बनाउन मद्दत पुर्‍याउँछ । यसमा प्रदेशसभा (सदन)ले निर्वाह गर्ने भूमिकालाई पनि महत्त्वपूर्ण पाटो मानिन्छ । नयाँ राजनीतिक व्यवस्थाको कार्यान्वयनसँगै विगतमा सिंहदरबारबाट दिइने सेवा सुविधा हाल गाउँगाउँबाट उपलब्ध गराउन थालिएको पनि छ । यद्यपि सिंहदरबारको अधिकार गाउँगाउँमा पुगे पनि सेवा प्रवाहमा बेलाबखत समस्या झेल्नुपरेको जनगुनासो छ । प्रदेशसभामा प्रतिपक्ष नेपाली कांग्रेसका सदस्य भरतबहादुर खड्काले प्रदेशसभाबाट बनेका कानून कार्यान्वयनमा सरकारबाट प्रभावकारी काम नहुँदा जनतामा एकखालको वितृष्णा र अन्योल पैदा भइरहेको बताए । प्रदेशसभाले काम गरेको गत चार वर्षको अवधिमा जनअपेक्षाअनुसार धेरै काम हुन नसके पनि यो व्यवस्थाको विकल्प नरहेको प्रदेशसभाका सदस्यको धारणा छ । ‘संघीय व्यवस्था सम्झौताको दस्तावेज रहेकाले यसैमा जनता र राष्ट्रको भविष्य रहेको छ,’ खड्काले भने, ‘प्रदेशसभाबाट ऐन बन्ने कुरा स्वाभाविक हो, तर बनेका ऐनको प्रभावकारी कार्यान्वयन गरेर जनताले सेवा सुविधा पाए/पाएनन् भन्ने पक्ष महत्त्वपूर्ण हुन्छ ।’       नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक अक्कलबहादुर रावलले यो अवधिमा सोचेअनुसार प्रदेश सरकारले प्रदेशसभालाई सदुपयोग गर्न नसकेको अनुभूति भइरहेको बताए । ‘प्रदेशसभा र सरकारबीच तालमेल नमिलिरहेको जस्तो देखिएको छ,’ उनले भने, ‘सदनमा उठाइएका कतिपय आवाजको सुनुवाइ हुने गरेको भए पनि धेरै प्रश्नको सुनुवाइमा ढिलासुस्ती देखिने गरेको छ ।’     मुख्यमन्त्री त्रिलोचन भट्टले पुरानै सोच शैलीमा परिवर्तन नभएका कारण सरकारले चाहेअनुसारको काम गर्न नसकिरहेको बताए । ‘देशको प्रणाली र प्रशासनिक प्रणाली परिवर्तन र रूपान्तर नहुँदासम्म सोचेअनुसारको काम गर्न नसकिँदो रहेछ,’ उनले भने । रासस

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित

टीकापुर । सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री राजेन्द्र रावलको विश्वासको मतमा दलबीच सहमति हुन नसक्दा प्रदेशसभा बैठक अनिश्चित बनेको हो । यसअघि माघ ११ गते प्रदेशसभाको बैठक बोलाइएको थियो । तर, बिजनेस नहुँदा सो बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । अहिलेसम्म प्रदेशसभाको बैठक अनिश्चित नै रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज […] The post सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माग सुनवाइ नभए सुदूरपश्चिम प्रदेशसभा चल्न नदिने चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले माग सुनवाइ नभएमा सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने चेतावनी दिएको छ । सोमबार सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले रेशम चौधरीको रिहाइ नभएमा सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने चेतावनी दिनु भएकाे हाे । थारुहरुको ठूलो पर्व माघीसम्म चौधरीको रिहाइ मुख्य शर्त भएको बताउनुभयाे […]

सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि प्रमुख दलबाट एक जना महिला मात्र उम्मेदवार

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यमा राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनतर्फ महिलालाई टिकट दिन कन्जुस्याइँ गरेका छन्। यस प्रदेशमा रहेका प्रमुख दलबाट एक जना महिलामात्र प्रदेशसभा सदस्यमा उम्मेदवार बनेकी छन्। संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ। तर, सुदूरपश्चिमका प्रमुख राजनीतिक दलहरूमा महिला उम्मेदवार प्रदेशसभामा प्रत्यक्षतर्फ शून्यजस्तै रहेको छ। उम्मेदवार चयनको […]

सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल पदमुक्त

२९ असार, धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पदमुक्त भएका छन् । मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा गरेको घोषणा गर्दै पत्र स्वीकृत गराइदिन लेखेको पत्र सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका हुन् । बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेकाले पदबाट राजीनामा गरेको […]

सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल कांग्रेसबाट निष्काशित

डडेल्धुरा : नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान पार्टी सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई कारबाही गरेको छ। मंगलबार कांग्रेस प्रदेशसभा सदस्य मल्लले पार्टीको विधानविपरीत कार्य गरेको भन्दै सदस्यसमेत नरहने गरी हटाइएको हो।सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्लले भने नेपाली का‌ंग्रेस छोडेर नेपाली कांग्रेस (बिपी)मा प्रवेश गरेका थिए। डडेल्धुरामा २०७८ फागुन ४ गते नेपाली कांग्रेस (बिपी)को संगठन निर्माण भएको थियो।  ‘नेपाली कांग्रेस डडेल्धुर

सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल काँग्रेसबाट निष्कासित

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्ललाई पार्टीबाट निष्कासित गरिएको छ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा पार्टीको हितविपरीत काम गरेको भन्दै पार्टीको सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासित गरिएको हो ।‘नेपाली काँग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई काँग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ’ प

सुदूरपश्चिम प्रदेशसभा : कर्मचारी दरबन्दी ३६, कार्यरत १०

२३ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशसभा सचिवालय स्थापना भएको चार वर्षसम्म पनि दरबन्दी अनुसारका कर्मचारी पदपूर्ति नभएपछि कार्य सम्पादनमा समस्या भएको छ । निजामती सेवातर्फ कार्यालय सहयोगीदेखि उपसचिवसम्मका विभिन्न पदका ३६ जनाको स्वीकृत दरबन्दी रहेको प्रदेशसभा सचिवालयमा १० जना कर्मचारी मात्र कार्यरत छन् । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले निजामती सेवातर्फ स्वीकृत दरबन्दी अनुसारका […]

राष्ट्रियसभा निर्वाचन: मतदान केन्द्र सुदूरपश्चिम प्रदेशसभा भवन कैलाली तोकियो

डोटी, ८ पुस: आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि त्यहाँको मतदान केन्द्र हटाइएको छ । यसअघिका दुई निर्वाचन सिलगढीमा नै सम्पन्न भएको थियो । यस पटक मतदान केन्द्र सुदूरपश्चिम प्रदेशसभा भवन कैलालीमा तोकिएको छ ।-रासस