लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । मंगलबार बसेको लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि राखेको प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको हो ।
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनुभएको छ। आइतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत परेपछि उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो। सभामुख भीमबहादुर भण्डारीले शाहले पेस गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको […]
विराटनगर । एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ को चौथो मुख्यमन्त्री बनेका छन् । उनी ९३ जना सांसदमध्ये ६० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । यसअघि प्रदेश १ मा शेरधन राई पहिलो मुख्यमन्त्री बनेका थिए
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् । प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १
प्रदेश २ को नाम अब ‘मधेस प्रदेश’ भएको छ । सोमबार प्रदेशसभाको दुईतिहाई बहुमतले मधेस प्रदेश नाम राख्ने निर्णय गरेसँगै यसको समर्थन र विरोधमा क्रिया–प्रतिक्रिया आइरहेका छन् । कतिपयले यो निर्णयको विरोधमा मुख्यमन्त्री र सांसदहरूको पुत्लासमेत दहन गरेका छन् । सत्ता पक्षले चाहिँ मधेसको बिउ जोगाएको दाबी गरेको छ ।प्रदेशको नामका लागि मतदान हुँदा ९९ मत खसेको थियो । त्यसमध्ये ८० मत मधेसको पक्षमा खस्यो । सत्तारुढ जसपा, माओवादी र लोसपाका ६२ सांसदहरू ‘मधेस’को पक्षमा थिए । तर, गोप्य