काठमाण्डाै – नेपाली मौलिक खानामा अलैँचीको प्रयोग गर्न ‘वाह अलैँची’ अभियान सुरु गरिएको छ । नेपालमा उत्पादन हुने अलैँचीमध्ये ९० प्रतिशतभन्दा बढी अलैँची विदेशमा निर्यात हुँदै गएपछि स्वदेशमा समेत अलैँचीको प्रयोग गर्न अभियान थालिएको हो ।
नेपाल अलैँची व्यवसायी महासङ्घ, सेफ्स एसोसिएशन अफ नेपाल र ग्लोबल नेप्लिज सेफ्स फेडेरेशनको आयोजनामा २० भन्दा बढी नेपाली खानामा अलैँचीको प्रयोग गरिएको छ । मासुका विभिन्न परिकार, विभिन्न अचार र खीरलगायतमा अलैँचीको प्रयोग गरिएको हो । नेपालमा उत्पादित अलैँचीलाई नेपाल...