प्रत्येक जिल्लामा एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउन माओवादीको सर्कुलर

काठमाडौं, २९ चैत्र । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तहको निर्वाचनमा प्रत्येक जिल्लाबाट एक पालिकामा महिला प्रमुख बनाउने भएको छ । माओवादीले कम्तीमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट एक वडाध्यक्षको उम्मेदवार महिला बनाउन पर्ने सर्कुलर जारी गरेको हो । सर्कुलर जारी गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले जित्ने सम्भावना भएका पालिकामध्ये […]

सम्बन्धित सामग्री

म्याग्दीका पालिका र वडामा महिला नेतृत्व शून्य

म्याग्दी । म्याग्दीका गाउँपालिका, नगरपालिका र वडामा महिलाको नेतृत्व शून्य भएको छ । जिल्लाका छ ओटा स्थानीय तह र ४५ वटा वडाको नेतृत्वमा सबै पुरुष उम्मेदवार निर्वाचित भएका हुन् । प्रमुख र अध्यक्ष पदमा सबै पुरुष निर्वाचित हुँदा उपाध्यक्षमा पाँच महिला र एक पुरुष उम्मेदवार विजयी भएका छन् । नगर र गाउँपालिकाको नेतृत्वका लागि तीन र वडाको नेतृत्वका लागि दुई महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । उनीहरू सबै पराजित हुँदा पालिका र वडाको नेतृत्वमा महिलाको उपस्थिति शून्य भएको हो । धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)बाट उम्मेदवार बनेकी थमसरा पुन कांग्रेसका प्रेमप्रसाद पुनसँग पराजित भइन् । नेकपा (माओवादी केन्द्र)बाट रघुगङ्गा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेकी मीना विश्वकर्मा तेस्रो बनिन् । राप्रपाबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवार बनेकी मीनाकुमारी शर्मा चौथो बनिन् । मङ्गला गाउँपालिकाको वडा नं ४ मा एमालेले लक्ष्मीकुमारी बुढाथोकी र माओवादी केन्द्रले मनमाया चोचाङ्गीलाई वडाध्यक्षको उम्मेदवार बनाएका थिए । कांग्रेसका लालबहादुर रोकाले दुवै जनालाई पराजित गरेर वडाध्यक्षमा निर्वाचित भए । स्थानीय तहको पहिलो कार्यकालमा धवलागिरिको अध्यक्षमा एमालेका थमसरा पुन, सोही पालिकाको वडा नं ५ मा कांग्रेसका खर्ककुमारी छन्त्याल र मालिका गाउँपालिका–५ को अध्यक्षमा कांग्रेसका पिपला बुढाथोकी वडाध्यक्षमा निर्वाचित भएका थिए । दलहरूले नेतृत्व तहमा महिलालाई अवसर नदिएका कारण निर्वाचित हुनेको संख्या पनि कम भएको म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले बताए । जिल्लामा नेकपा (एमाले) ले एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, तीन उपाध्यक्ष, २२ वडाध्यक्ष, २१ महिला सदस्य, २३ दलित महिला सदस्य र ४५ खुला सदस्य गरी १८८ पदमा जितेको छ । कांग्रेसले दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, १७ वडाध्यक्ष, १८ महिला सदस्य, १६ दलित महिला सदस्य, ३४ खुला सदस्य गरी कूल ८८ पदमा जितेको छ । माओवादी केन्द्रले एक उपप्रमुख, एक उपाध्यक्ष, छ वडाध्यक्ष, छ दलित महिला सदस्य, छ महिला सदस्य र १० खुला सदस्य गरी ३० पदमा जितेको छ । धवलागिरि गाउँपालिका–१ गुर्जाका गुनराम छन्त्याल म्याग्दीमा निर्वाचित हुने एक मात्र स्वतन्त्र उम्मेदवार बनेका छन् । रासस

ओखलढुंगाका सात स्थानीय तहमा नेकपा एसले टुङ्ग्यायो उम्मेदवार

ओखलढुंगा । नेकपा एकीकृत समाजवादी ओखलढुंगाले सात स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । आज बसेको पार्टी जिल्ला कमिटीको बैठकले ८ स्थानीय तह रहेको जिल्लाका ७ स्थानमा प्रमुख तथा उपप्रमुख टुङ्गो लगाएको हो । पार्टी जिल्ला कमिटीको बैठकबाट जिल्लामा रहेको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा तिलक लोहनी प्रमुख र निर्मला श्रेष्ठलाई उप प्रमुखको उम्मेदवार बनाउने […]

जिल्लामा एक पालिकामा महिलालाई अनिवार्य उम्मेदवार बनाउन माओवादीको परिपत्र

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले प्रत्येक जिल्लामा कम्तीमा पनि एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउन कडाइका साथ परिपत्र गरेको छ । कुल सात सय ५३ पालिकामा त्यसरी महिलालाई नेतृत्व दिँदा ७७ वटा पालिकाको प्रमुखमा महिलाको नेतृत्व हुने माओवादीको बुझाइ छ । यस्तै पालिकाको एउटा वडामा पनि महिलालाई नै उम्मेदवार बनाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । जनसङ्ख्यामा पनि महिलाको सङ्ख्या पुरुषको भन्दा बढी भएकाले पनि नयाँ वैकल्पिक नेतृत्वको विकास गर्ने उद्देश्यका साथ महिलालाई उम्मेदवारीमा प्राथमिकता दिनुपर्ने अ...

७७ वटा पालिकाको प्रमुखमा महिला उम्मेदवारी दिन माओवादीको परिपत्र

नेकपा (माओवादी केन्द्र)ले प्रत्येक जिल्लामा कम्तीमा पनि एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउन कडाइका साथ परिपत्र गरेको छ । कूल ७५३ स्थानीय पालिकामा त्यसरी महिलालाई नेतृत्व दिँदा ७७ वटा पालिकाको प्रमुखमा महिलाको नेतृत्व हुने माओवादीको बुझाइ छ । यस्तै, पालिकाको एउटा वडामा पनि महिलालाई नै उम्मेदवार बनाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । जनसङ्ख्यामा पनि महिलाको …

बझाङ्गी महिला उप-प्रमुखमै सिमीत - News of Nepal

ललित सिहं, बझाङ्ग । बझाङ जिल्लामा ठूला तथा साना दलहरुले उम्मेदवारको टुंगो लगाएको भए पनि स्थानीय तहको प्रमुख पदमा महिला उम्मेदवारको नाम समावेश भएको छैन । समग्रमा हेर्ने हो भने बझाङमा स्थानीय तहको प्रमुखमा महिलाको उम्मेदवारी शून्य देखिएको छ । ठूला दल नेकपा एमाले,नेपाली काँग्रेस र माओवादि केन्द्रले महिलालाई प्रमुखको उम्मेदवार नबनाएर उप प्रमुखमै सिमीत …

एमाले उम्मेदवार टुंगो लाग्न बाँकी | News of Nepal

स्थानीय तहको निर्वाचनमा पार्टीबाट उठ्ने उम्मेदवार टुंगा लगाउन नेकपा एमालेलाई सकस परेको छ। जिल्लामा रहेको ७ गाउँपालिका र २ नगरपालिकामध्ये ५ गाउँपालिकामा प्रमुखको उम्मेदवार सर्वसम्मत टुंगो लगाउन नसकेर प्रदेश स्तरीय उम्मेदवार छनोट समितिलाई सिफारिस गरेको छ।