प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज नयाँ सरकार गठनबारे छलफल भएको छ।...
काठमाडौं : सभामुख देवराज घिमिरेको पहलमा शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन शीर्ष नेताहरुबीच छलफल भएको छ। सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो। सत्ता रस्साकस्सीका बीच तीन शीर्ष नेता लामो समयपछि सँगै देखिएका हुन्।
तीन…
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान ११ बजेबाट बैठक चलिरहेको छ ।काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा लगायतका शीर्ष नेताबीच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताए । नागरिकता विधेयकका सन्दर्भमा छलफल गर्न प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेतालाई बालुवाटार बोलाएका थिए ।आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकोबारे गठबन्धन दलबीच छलफल भइरहेको छ । गठबन्धनमा सहम
नेपाली काँग्रेसका शीर्ष नेताबीच केन्द्रीय समिति बैठकपछि अनौपचारिक छलफल सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको कार्यकक्षमा पदाधिकारी र पूर्वपदाधिकारीको छलफल जारी छ । छलफलमा नेता शेखर कोइराला पनि सहभागी छन् । संसदीय समिति गठनमा सहमति जुटाउन नेताहरूबीच छलफल भइरहेको एक नेताले रातोपाटीलाई जानकारी दिए ।उम्मेदवार छान्न काँग्रेसले २५ सदस्यीय संसदीय समिति गठन गर्न लागेका छ । समितिमा राख्ने नेताहरूको नाम टुंग्याउन शीर्ष नेता छलफलमा बसेको बुझिएको छ। संसदीय समितिमा पदाधिकारी पदेन सदस्य हु
काठमाडौं । सत्ता गठबन्धनका दलका शीर्ष नेताबीच स्थानीय तह निर्वाचनमा तालमेलका मापदण्ड बनाउने सहमति भएकाे छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका शीर्ष तहका नेताबीच चुनावी तालमेलका विषयमा छलफल भएको थियो । तालमेलको मोडालिटी तयार गर्न संयन्त्र बनाउने विषयमा गठबन्धन आबद्ध शीर्ष नेता सहमत छन् […]
बिहीबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल सुरु हुनुअघि सत्तारुढ दुई दलका शीर्ष नेता छलफलमा जुटेका छन् । एमसीसीको विपक्षमा उभिने निर्णय गरेका सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच सिंहदरबारमा छलफल भएको हो ।नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र समाजवादीकै सम्मानित नेता झलनाथ खनाल सह
काठमाडौं । सत्ता–साझेदार दलका तीन शीर्ष नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच आज बालुवाटारमा छलफल हुँदैछ । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी, स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ । अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित […]
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिएको डेढ महिना बिते पनि अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सत्ता गठबन्धनका शीर्ष नेताले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने बताए पनि मन्त्रालयको भागबन्डा मिलाउन नेताहरुलाई नै सकस भइरहेको छ । मन्त्रालय भागबन्डाका लागि आज पनि सत्ता गठबन्धनका शीर्ष नेता असफल भएका छन् । सरकारलाई चाँडै पूर्णता दिने प्रतिवद्धतासहित […]
नेपाली काँग्रेसका शीर्षस्थ नेताबीच आन्तरिक छलफल चलिरहेको छ । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पदाधिकारीसहित शीर्ष नेताबीच बैठक जारी छ । शीर्ष नेताहरु आन्तरिक छलफलमा व्यस्त भएपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । कोरोना महामारीको प्रतिकूलताका बीच पार्टीको चौधौं महाधिवेशन भदौ १६–१९ मा कसरी सम्पन्न गर्ने भन्नेमा काँग्रेसमा बहस जारी छ । बिहीबारको बैठकमा महाधिवेशनको एजेन्डा प्रवेश गराउँदै सभापति शेरबहादुर देउवाले कुनै हालतमा भदौभित्र महाधिवेशन गरिने बताएका थ
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच १ घण्टादेखि छलफल भइरहेको छ ।
देउवालाई भेट्न बुधवार अपराह्न एमाले नेतासहित प्रधानमन्त्री ओली देउवा निवास बूढानीलकण्ड पुगेका हुन् ।
वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री ओलीले त्यसै विषयमा कुरा गर्न सभापति देउवासँग भेटेको कांग्रेस स्रोतले बतायो । ओली र देउवाबीचको भेटवार्तामा दुवै पक्षका शीर्ष नेता सहभागी छन् ।
कांग्रेससँगको छलफलमा उपप्रधानमन्त्री एवं एमा...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी (जसपा)का शीर्ष नेताबीच वार्ता शुरू भएको छ । सम्भावित सत्ता समीकरणबारे सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा नेताहरुबीच छलफल जारी छ । जसपाबाट बाबुराम भट्टराई , महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो र काँग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी छन् ।जसपाका नेतासँगको छलफलअघि काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीबीच पनि छ