काठमाडौं : गएराति बसुन्धरामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भयो। बा३ च १६५४ नम्वरको जिप र बा ४० प ५७७७५ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक स्याङ्जा पुतलीबजार ३ घरभएका २६ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो।
ठक्कर दिने जिप चेकजाँच गर्ने क्रममा प्रहरीले गाडीबाट पेस्तोल बरामद गरेको छ।