काठमाडौंः प्रकाश सपूतको नयाँ म्युजिक भिडियो 'पिर' युट्युबमा करोड क्लबमा प्रवेश गरेको छ। गत हप्ता सार्वजनिक भएको गीत शनिबारसम्ममा एक करोडभन्दा बढी पटक हेरिएको हो। प्रकाशकै शब्द, संगीत, स्वर, कथा, पटकथा, निर्देशन तथा अभिनय रहेको गीत सार्वजनिक भएसँगै विवादमा तानिएको थियो। गीतको भिडियोमा दशवर्षे सशस्त्र युद्ध लडेका पूर्व-माओवादी लडाकुको कथा रहेको छ। उक्त भिडियोमा पूर्व लडाकुको बारेमा गलत चित्रण गरिएको र यसले जनयुद्धका बारेमा गलत सन्देश प्रवाह गर्ने भन्दै गीतको आलोचना भएको हो।