परराष्ट्रमन्त्री खड्का बेलग्रेड प्रस्थान

असंलग्न मुलुकहरुको उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री डा.नारायण खड्का आज ब्रेलग्रेड प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सर्वियाका विदेशमन्त्री निकोला सेलेकोभी र अजरबैजानका परराष्ट्रमन्त्री जेहुन ब्यारोमोभको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।असंलग्न मुलुकको साझा सङ्गठन (नाम) स्थापना भएको ६० वर्ष पुगेको अवसरमा उच्चस्तरीय कमोमोरेटिभ बैठकको आयोजना गरिएको छ । उक्त बैठक यही असोज २५ र २६ गते बेलग्रेडमा आयोजना गरिएको छ । परराष

सम्बन्धित सामग्री

नाम साइडलाइनमा परराष्ट्रमन्त्री खड्का र टर्कीस समकक्षीबीच भेटवार्ता

बेलग्रेड । असंलग्न राष्ट्रहरुको शिखर सम्मेलन (नाम)को साइडलाइनमा आज नेपाली परराष्ट्रमन्त्री डा. नारायण खड्का र टर्कीका समकक्षी मिभल्ट काभासोग्लुबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार द्धिपक्षीय चासोका विषयमा दुईजना समकक्षीबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नाम शिखर सम्मेलनमा भाग लिन खड्का सर्वियाको राजधानी वेलग्रेडमा छन् ।