काठमाडौं- असंलग्न राष्ट्रहरुको समूह ‘नन अलाइन मुभमेन्ट-नाम’ स्थापनाको ६० औँ वर्षगाठमा बेलग्रेडमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन परराष्ट्र मन्त्री नारायण खड्का शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन्। सर्विया र अजरबैजानका विदेश मन्त्रीको निमन्त्रणमा खड्का त्यहाँ जान लागेका हुन्। नेपाल, नामको संस्थापक सदस्य राष्ट्र हो। नामको ६० औँ स्थापना दिवसका अवसरमा बेलग्रेडमा अक्टोबर ११ र १२ तारिखमा […]