ठूला पार्टीका केन्द्रीय सदस्य विदेशी एजेन्ट : बिजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ठूला राजनीतिक दलहरूका एक तिहाई केन्द्रीय सदस्य विदेशी एजेन्टको रुपमा काम गरिरहेको गम्भीर आरोप लगाएका छन् । रफत सञ्चार क्लब भक्तपुरले बुधबार गरेको साक्षात्कारमा बिजुक्छेंले नेपालका हरेक निर्णय गर्दा नेपालीले भन्दा पहिले नै विदेशीहरूले जानकारी पाउनुले यसको पुष्टी गर्ने बताए ।