छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्दै जारी आन्दोलनका कारण भारत पश्चिमबंगालका पहाडी जिल्लाको जनजीवन कस्टकर भएको छ। महिनादिनभन्दा लामो आमहड्ताल र झडपले दार्जिलिङ, मिरिक, कालिम्पोङ र खर्साङको जनजीवन उकुसमुकुस भएको छ भने खाद्यान्नको चरम अभाव हुन थालेको छ।