बर्दिया : कृषिलाई यान्त्रीकरण गर्न बर्दियाका स्थानीय सरकारले जोड दिँदै आएका छन्। कोरोना भाइरसको महामारीकाबीच रोजगार गुमाएर गाउँ फर्केका युवालाई लक्षित गरेर स्थानीय सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेका छन्।ठाकुरबाबा नगरपालिकाले २६ जना किसानलाई ३५ प्रतिशत अनुदानमा कृषि यन्त्र उपलव्ध गराएको छ। १९ जनालाई पावर टिलर र सातजनालाई रिपर उपलब्ध गराएको हो। छनोटमा परेकाहरुलाई उक्त सामग्री उपलब्ध गराएको कृषि उपशाखा प्रमुख ध्रुवराज बमले बताए।गत वर्ष अनुदान नपाएका, व्यावसायिक खेती गर्न सक्ने, १० कट्ठा जमिन