एजेन्सी। बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणीको आउँदो फिल्म ‘शेरशाह’ ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ। एक रिर्पोटका अनुसार फिल्म निर्माता टिम फिल्मलाई अगस्ट महिनामा भारतको स्वतन्त्रता दिवशको आसपास अमेजन प्राइममा एक्सक्लूसिभ रिलीज गर्ने तयारीमा जुटेका छन्। रिर्पोटले फिल्म निर्माता शब्बीर बक्सवालाले आफ्नो फिल्मलाई ठूलो पर्दामा रिलीज गर्न चाहना रहेपनि हालको परिस्थितीका कारण ओटीटी प्लेटफर्ममा सन्तुष्ट भएको बताए।