मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित र गतिशील तुल्याइनेछ : उपप्रधानमन्त्री खड्का

काठमाडौं, ६ बैशाख । उपप्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच समन्वय गर्ने सन्दर्भमा कानुन मन्त्रालयको बहुआयामिक भूमिका र दायित्व रहेको बताएका छन्। मन्त्रालयमा पदवहाली गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संसद् सञ्चालन नियमित अघि बढाउने र व्यवस्थित गर्ने सन्दर्भमा मन्त्रालयकातर्फबाट सभामुख र अध्यक्षलगायतसँग समन्वय गरी निर्वाह गर्नुपर्ने भूमिकालाई क्रियाशील […]

सम्बन्धित सामग्री

दुई दिनभित्र सबै भूकम्प पीडितले राहत पाउनुहुन्छ : उपप्रधानमन्त्री खड्का

काठमाण्डौ – उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा ज्यान गुमाउनुभएका जाजरकोट नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहलगायतलाई आज आइतवार श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । आज दिउँसो उपप्रधानमन्त्री खड्काले जाजरकोटको त्रिवेणी नदीमा उपमेयर सिंहलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । श्रद्धाञ्जली अर्पण कार्यक्रममा उपप्रधानमन्त्री खड्कासहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मालगायतको उपस्थिति थियो । उपप्रधानमन्त्री खड्काले भूकम्प पीडितको उपचार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा रा...

कर्णाली सम्पन्न भए मुलुकै समृद्ध : उपप्रधानमन्त्री खड्का

काठमाडौँ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने बताएका छन्।उद्योग वाणिज्य सङ्घले सुर्खेतमा आज आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले कर्णाली प्रदेशको उन्नति, प्रगति र विकासका लागि एकता भने आवश्यक रहेको उल्लेख गरे।सिङ्गो कर्णाली प्रदेशको एकताले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकिने र कर्णाली प्रदेश सम्पन्न भएमा मुलुक पनि समृद्ध हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । कर्णाली प्रदेशमा पर्यटनसहित सबै क्षेत्रमा अथाह

संविधानमाथि प्रहार भइरहेको छ : उपप्रधानमन्त्री खड्का

सुर्खेत – उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन्। नेपाली कांग्रेस जाजरकोटको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले देश विविध कारणले अप्ठ्यारोमा परेको बताए। ‘संविधानलाई विभिन्न बहानामा हल्लाउने कोशिस भइरहेको छ, त्यसप्रति सजग हुन आवश्यक छ,’ उनले भने, ‘संविधानलाई भड्काउने कोशिस भएको सङ्केत देखिएकाले यसमा कांग्रेस जिम्मेवार बन्नु पर्दछ।’ उपप्रधानमन्त्री खड्काले […]

उपप्रधानमन्त्री खड्का अस्वस्थ‚ प्रोस्टेटको शल्यक्रिया गरियो

काठमाडौं : उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अस्वस्थ भएका छन्। नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका खड्कामा प्रोस्टेटसम्बन्धी समस्या देखिएको हो। अस्वस्थ बनेपछि खड्कालाई नेपाली सेनाको छाउनी अस्पताल लगिएको थियो। नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाका अनुसार उनको बुधबार नै प्रोस्टेटको शल्यक्रिया गरिएको हो। खड्का थप केहिदिन अस्पतालमा रहने उनले जानकारी दिए। खतिवडाका अनुसार हाल खड्काको अवस्था सामान्य छ।

एक महिनाभित्रै सुशासनको कार्ययोजना ल्याउँछौं : उपप्रधानमन्त्री खड्का

९ भदौ, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारे एक महिनाभित्रै सुशासनको कार्ययोजना ल्याउने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भएका कमजोरीलाई सुधार्ने र सुशासनका लागि देशभर अभियान चलाउने तयारी गरेको बताए । ‘भएका कमजोरीलाई सुधारेर विशेष अभियान चलाउनका लागि मुख्यसचिव एउटा टोली बनाएर लाग्नुभएको छ । सुशासनको कार्ययोजना तयार पारेर […]

सरकार भ्रष्टाचारविरुद्ध  दृढ छ : उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचार र ढिलासुस्तीको विपक्ष र सुशासनको पक्षमा अझ दृढताका साथ प्रस्तुत हुने बताएका छन् । कांग्रेस काठमाडौं ६ क्षेत्रीय सम्मेलनमा शनिबार उनले भ्रष्टाचार नियन्त्रण र सुशासनको...

सरकारले छिट्टै पूर्णता पाउँछ: उपप्रधानमन्त्री खड्का

नेपाली काँग्रेसका उपसभापति तथा नेपाल सरकारका उपप्रधान तथा रक्षा, कानुनमन्त्री पूर्ण बहादुर खड्काले सरकारले छिट्टै पूर्णता पाउने बताएका छन्।...

सबैलाई सम्मान र विश्वासको परिस्थिति सिर्जना गर्छौं : उपप्रधानमन्त्री खड्का

काठमाडौं : नवनियुक्त उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिबद्धता जनाएका छन्। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि मन्त्रालयको कार्यभार सम्हाल्दै सिंहदरबारमा उनले यस्तो बताएका हुन्। मन्त्री खड्काले रक्षा मन्त्रालय एकदमै महत्त्वपूर्ण मन्त्रालय भएकाले सबै सम्बन्धित पक्षहरूसँगको छलफलबाट आफू अघि बढ्ने बताए।उनले सामूहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस